सगरमाथा साहित्य प्रतिष्ठानको अध्यक्षमा अजित उत्सव चयन भएका छन् । प्रतिष्ठानको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले अजित उत्सवलाई केन्द्रीय अध्यक्षका रुपमा चयन गरेको हो । संस्थाले तत्कालिन अध्यक्ष जीबित खड्का मगरलाई पदमुक्त गरी बाँकी कार्यकालका लागि अध्यक्षका रुपमा कवि उत्सवलाई सर्वसहमत चयन गरेकाे जानकारी दिएकाे छ ।
जुम बैठकमा संस्थाका केन्द्रीय पदाधिकारीहरु, बिभागिय प्रमुखहरु र पदाधिकारीहरु, नेपाल शाखाका अध्यक्ष, प्रदेश अध्यक्षहरु, संस्थाका केन्द्रीय संरक्षकहरु लगायतको उपस्थिती रहेको थियो । प्रतिष्ठानको नेतृत्वमा आएका अजित उत्सव यसअघि सो संस्थाको बरिष्ठ उपाध्यक्ष थिए । बैठक उनकै अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिष्ठानको केन्द्रीय कार्यालय मध्यपूर्बको युएईमा रहेको छ । यो संस्थाले हरेक बर्ष साहित्यका बिबिध बिधामा अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना र पुस्तक प्रकाशन समेत गर्दै आएको छ । नेपाल लगायतका देशमा यसका शाखा रहेका छन् ।
सगरमाथा साहित्य प्रतिष्ठानमा २०१७ तिरबाट आबद्ध अजित उत्सब केन्द्रीय कार्यसमितिको सदस्य, सचिब, बरिष्ठ उपाध्यक्ष हुँदै अहिले अध्यक्षमा चयन भएका हुन् । उनी यसअघि प्रतिष्ठानले आयोजना गरेको बिश्वब्यापी नेपाली कविता प्रतियोगिताको सह-संयोजक/संचार बिभाग प्रमुख समेत रहिसकेका छन् । उनी प्रतिष्ठानको नेपाल इन्चार्ज समेत हुन् ।
स्याङ्जा जिल्लामा जन्मेहुर्केका कवि उत्सवको हालको ठेगाना पोखरा हो । उनी बिगत एक दशक भन्दा बढी समयदेखी युएईमा कार्यरत छन् । हाल उनी आबुधाबीमा सुपरभाईजरका रुपमा कार्यरत छन् । उनको हालसालै “आकाशगङ्गाको किनार” नामक कविता संग्रह बजारमा आएको छ ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो