पाेखरा । माइक बिग्रिएपछि गण्डकी प्रदेश सभाको बैठक आधा घन्टाको लागि स्थगित भयाे। आइतबार बिहान ११ बजेदेखि सुरु भएको बैठकमा बजेटमाथि छलफल चलिरहेको थियो ।
जनता समाजवादी पार्टी (जसपा) सचेतक धनमाया लामा पोखरेल बोलिरहेका बेला माइक बिग्रियो । सभामुख अधिकारीले समस्या समाधान गर्न कर्मचारीलाई भने । फेरि आफ्ना धारणा राख्न सभामुखले सांसद लामालाई समय दिए । उनले बिना माइक बाेलिन् । माइकमा प्राविधिक समस्या आएको बताउँदै सभामुख नेत्रनाथ अधिकारीले ३० मिनेटका लागि स्थगित भएको जानकारी गराए ।
गण्डकी प्रदेशसभामा गत २० असारदेखि आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफल जारी छ । बजेटमा सांसदले मुख्यमन्त्री र मन्त्रीले बाबु आमाको नाममा ट्रस्ट खोल्दै करोडौं रकम राख्दा जनताले ५ लाखको खानेपानी, सडक, विद्युत्का योजना नपाएको बताएका थिए ।
जनताको ढाड सेक्ने गरि कर बढाउने, जनतामुखी बजेट ल्याउन नमानेर आफ्नो मनपरी तरिकाले बजेट ल्याइएको एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले बताए । उनका अनुसार संघीयता नै धरापमा पार्नेगरी सरकारले बजेट ल्याएको छ । उनले पछि थप गरिएका २८ करोडका योजनाको लागि बजेट कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पनि प्रश्न गरेका थिए ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह