पोखरा । नेपाल मगर पत्रकार संघ, कास्की शाखाद्वारा सञ्चालित “राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०७९”का लागि प्रतिभा छनौट समिति गठन गरिएको छ।
सोमबार सम्पन्न संघको कार्यसमिति बैठकले राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति, नेपालले स्थापना गरेको सो पुरस्कारका लागि संघका केन्द्रीय उपाध्यक्ष एमबी आस्था मगरको संयोजकत्वमा सात सदस्यीय छनौट समिति गठन गरेको सचिव उमा आलेमगरले जानकारी दिइन्।
छनौट समितिका सदस्यहरूमा कौराहा संरक्षण समितिका अध्यक्ष हर्क आलेमगर, उपाध्यक्ष तारामाया थापामगर, केन्द्रीय सदस्य नरमाया आलेमगर, संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगर, जिल्ला अध्यक्ष रूद्रबहादुर हितानमगर र सचिव उमा आलेमगर रहेका छन्।
सो पुरस्कार आगामी साउन १५ गते प्रदान गरिने सचिव आलेमगरले जानकारी दिइन्। यस पुरस्कारबाट हालसम्म कमला रानामगर, तिलक पुनमगर, प्रताप रानामगर र एमबी आस्था मगर पुरस्कृत भइसकेका छन्। पुरस्कारको राशि १० हजार नगद र ताम्रपत्र रहेको छ।
पत्रकारिताका माध्यमबाट मगर जातिको मौलिक संस्कृति कौराहा नाचको प्रचारप्रसार र संरक्षणमा योगदान पुर्याउने एक जना मगर पत्रकारलाई हरेक वर्ष पुरस्कार प्रदान गरिँदै आएको छ। यसैबीच, अध्यक्ष रूद्रबहादुर हितानमगरको अध्यक्षतामा सम्पन्न बैठकले नेपाल मगर पत्रकार संघ, कास्कीको दोस्रो जिल्ला अधिवेशन समेत आगामी साउन १५ गते नै गर्ने निर्णय गरेको छ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो