चितुवाको आक्रमणबाट काठमाडौंमा ५ जना घाइते

चितुवाको आक्रमणबाट काठमाडौंमा ५ जना घाइते

chituwa

काठमाडौं । काठमाडौंमा चितुवाको आक्रमणबाट एकै परिवारका ४ सहित ५ जना घाइते भएका छन्।

गए राति १ बजेतिर नागार्जुन नगरपालिका–८ भिमढुङ्गामा राम भट्टराईले पालेको लोकल कुखुराको छाप्रोमा चितुवा प्रवेश गरेको थियो।

आक्रमणबाट २५ वर्षीय राम भट्टराई, उनकी आमा सरस्वती, ५० वर्षीय बुबा कुमार, ७७ वर्षीया हजुरआमा सानीमैयाँ घाइते भएका हुन्।

यस्तै, चितुवालाई खोरबाट भगाउने क्रममा छिमेकी २६ वर्षीय सुविन कार्की पनि घाइते भएका छन्।

घाइतेहरुको मनमोहन अस्पतालमा उपचार भइरहेको छ। पाँचै जनाको शरीरमा चोट लागेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ