तस्बिर : प्रकास क्षेत्री
दमौली। तनहुँमा बस र मोटरसाइकल एकापसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको छ।
शनिबार दिउँसो व्यास नगरपालिका वडा नं -२ सेरास्थित घाँसिकुवाबाट फराकचौरतर्फ जाँदै गरेको मायाँ युनिभर्सल एकेडेमीको ग १ क २६८३ नम्वरको बस र घाँसीकुवातर्फ आउँदै गरेको ग १५ प ६५०४ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा मोटरसाइकलको पछाडी सवार व्यास -११ निवासी २३ वर्षीय विक्रम सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता युवराज खड्काले जानकारी दिए।
दुर्घटनामा मोटरसाइकलका चालक व्यास -११ का सुजन सुनार घाइते भएका छन्। उनको हाल दमौली अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था खतरामुक्त छ। हाल बस र बसका चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरिएको प्रवक्ता खड्काले गण्डक न्युजलाई जानकारी दिए।
तस्बिर :- प्रकाश क्षेत्री
सम्बन्धित खबर
टर्की पठाइदिन्छु भन्दै १ करोड १६ लाख ठगी गरेको अभियोगमा पोखराकी सुरूची पक्राउ
गण्डकी प्रदेश लोक सेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)
मीना सिर्जनशील समावेशी पुरस्कार बिनु र तारालाई
मिस मगर नेपाल–२०२३ का प्रतियोगीका लागि प्रशिक्षण सुरु
फेवातालको सबै संरचना ६ महिनाभित्र हटाऊ, मापदण्ड तोक्ने अधिकार महानगरलाई छैन: सर्वोच्च
मणिपाल अस्पताल प्रकरणः प्रहरी पनि चार जना घाइते
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि