पोखरामा पत्रकारहरुको एक भेलाले स्वास्थ्य पत्रकार मञ्च गण्डकी प्रदेश तदर्थ समिति गठन गरेको छ । समितिको अध्यक्षमा यदुनाथ बञ्जरा चयन भएका छन् ।
कार्यसमितिको उपाध्यक्षमा सुरज श्रेष्ठ, सचिवमा अनिसा श्रेष्ठ, कोषाध्यक्षमा पुष्प दाहाल चयन भएका छन् । सदस्यहरुमा रिना थापा, विन्दु परियार र निरज पन्त रहेका छन् ।
निर्वाचित कार्यसमितिलाई बधाई दिँदै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका महासचिव गोविन्द सुवेदीले स्वास्थ्य क्षेत्रमा रहेका विकृति विसंगतिको उजागर र सर्वसुलभ स्वास्थ्यका लागि खवरदारी गर्न जरुरी रहेको बताए । पत्रकार स्थायी प्रतिपक्षी रहेकाले यो वा त्यो कारणले प्रभावित हुन नहुने उनले बताए ।
नवनिर्वाचित अध्यक्ष बञ्जराले स्वास्थ्य क्षेत्रमा रहेका विकृति विसंगतिका विरुद्ध सशक्त कलम चलाउने र स्वास्थ्य क्षेत्रमा कलम चलाउने पत्रकारलाई धेरैभन्दा धेरै समेटेर उनीहरुको हकहितमा काम गर्ने प्रतिवद्धता जनाए । भेलामा पोखरामा रहेर स्वास्थ्य क्षेत्रमा समाचार लेख्ने ३ दर्जन पत्रकारहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
पोखराको बेगनासतालमा एक युवकको शव फेला
कास्कीका माधवको शव स्याङ्जाको मिर्मिमा भेटियो, बागलुङका डम्बरको अत्तोपत्तो छैन
नेशनल च्याम्पियनको उपाधि पोखराको बालोदयलाई
माधव र डम्बर अझै फेला परेनन्, माधवको पर्स आमाले भेटिन्
एमालेको गण्डकी प्रदेश अधिवेशनमा ओली अनुपस्थित, महासचिव पोखरेल प्रमुख अतिथि
ठूलाडिही–पोखरा सम्पर्क मञ्चको कौसी खेती प्रशिक्षण
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
तीन मध्ये दुई जनाको पहिचान खुल्यो, कास्की नौडाँडाका बिजय पौडेल र रुपन्देही तिलोत्तमाका गोपाल बस्याल