पोखरा । पोखरा महानगरपालिका वडा नम्वर १ शंकर टोल स्थित पोखरा व्यवसायिक महिला क्लबले दृष्टिविहिन विद्यार्थीहरुका लागि आवश्यक शैक्षिक सामग्री सहयोग गरेको छ ।
क्लबले पोखराको पृथ्वीनारायण क्याम्पस स्थित दृष्टिविहिन विद्यार्थीहरुले अध्ययन गर्ने अडियो पुस्तकालयलाई स्क्यानर, लेजर प्रिन्ट, ब्रेल पेपर सगै आवश्यक स्टेशनरी सामग्री सहयोग गरेको हो ।
शुक्रवार पुस्तकालय परिसरमा आयोजना गरिएको कार्यक्रममा पृथ्वीनारायण क्याम्पस विद्यार्थी कल्याण शाखा प्रमुख बोधराज ढकाल, पुस्तकालयका अडियो पुस्तक सम्पादक राजेन्द्र सुबेदी र अडियो पुस्तक रेकर्डर प्रभा त्रिपाठीलाई क्लबको तर्फबाट अध्यक्ष हरिमाया शर्मा, उपाध्यक्ष धनेश्वरी पराजुली, कोषाध्यक्ष गंगालक्ष्मी गुरुङ्ग, सदस्यहरु लक्ष्मी गुरुङ्ग र रजनी श्रेष्ठ, सल्लाहाकार शान्ती भुषाल, पुर्व कोषाध्यक्ष अनार भारी र पोखर १ की वडा सदस्य शोभा गुरुङ्गले संयुक्त रुपमा सहयोग सामग्री हस्तान्तरण गरेका थिए ।
पुस्तकालयमा अध्ययनका लागि आउने दुष्टिविहिन विधार्थीहरुलाई अध्ययनमा सहजता होस भन्ने उदेश्य सहित सहयोग प्रदान गरेको क्लबकी उपाध्यक्ष पराजुलीको भनाई छ । पराजुलीका अनुसार जर्मनीका माइकल बाउरा र साथीहरु सगै बाडेन बाडेनको आर्थिक सहयोगमा पुस्तकालयलाई आवश्यक सामग्री प्रदान गरिएको हो ।
क्लबले पुस्तकालयलाई यस अघि ०७६ सालको वैशाखमा समेत कम्प्युटर एक थान, डिजिटल अडियो मिक्स्चर एक थान, हार्डडिक्स एक थान, माइक्रोफोन एक थान, टेबुल पंखा दुई थान, युएसपी दुई थान, ब्याट्री चार थान, मेमोरी कार्ड दुई थान, सातवटा पेनड्राईभ, ५ वटा मेमोरी कार्ड रिडर सगै ब्रेल पेपर सहयोग गरेको थियो ।
सम्बन्धित खबर
बुढीगण्डकी बाढीमा ५ जना बेपत्ता, ९ विदेशीसहित ८२ जनाको उद्धार
चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
कास्कीबाट काँग्रेस महाधिवेशनमा पदाधिकारीसहित १० जनाको उम्मेदवारी
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु