पोखरा । पोखरा महानगरापालिका वडा नं ३३ मा रहेको चैनपुर सामुदायिक बन अतिक्रमण विरुद्ध उच्च अदालत, पोखरामा उजुरी परेको छ ।
बिगत लामो समय देखि बिबादमा रहेको उक्त सामुदायिक वनक्षेत्र भित्रको करिव ७५ रोपनी क्षेत्रफल भित्रको वन अतिक्रमण गरिएको विषय अदालतमा पुगेको छ ।
उच्च अदालत पोखरामा उक्त वनका उपभोक्ताले अदालतमा उजुरी हालेका हुन् । उक्त क्षेत्रमा करिव २० वटा घर र्निमाण गरि अतिक्रमण गरिएको छ । जिल्ला वन कार्यालय, डिभिजन वन कार्यालयमा लामो समय देखि छलफल हुँदै आएपनि अतिक्रमणको प्रमाण हुँदाहुँदै पनि कुनै कार्वाही प्रकृया अगाडी नबढाएकोले आफुले बाद्य भएर अदालत सम्म जानपरेको निवेदक बाबुराम अधिकारीले जानकारी दिए । उच्च अदालत पोखराले भने उक्त उजुरी उपर कारण देखाउ आदेश जारी गरेका छ । अदालतको आदेश अनुसार वन क्षेत्र भित्र के कसो भएको हो? निबेदकको माग अनुसार कार्वाही किन नगर्ने भनि १५ दिन भित्र लिखित जवाफ पेश गर्न आदेश गरेको छ । निवेदक अधिकारीले डिभिजन बन कार्यालय, जिल्ला मालपोत कार्यालय, नापी कार्यालय, पोखरा, पोखरा महानगरपालिका, पोखरा महानगरपालिका वडा नं ३३ लगायत ३० जनालाई बिपक्षी बनाएका छन् ।
अदालतमा उजूरी गरेपछि आफुलाई ज्यान मार्ने सम्मको धम्की आएको अधिकारीले बताए । अतिक्रमणकारीले जुनसुकै अबस्थामा जे पनि हुन सक्ने भन्दै धम्काएको उनको भनाइ छ । आफुले सुरक्षाको प्रत्याभुतका लागि प्रहरीमा निबेदन समेत दिएको उनले बताए । पूर्व वडा अध्यक्ष लगायतको संलग्नतामा वन क्षेत्र भित्रको जमिन दर्ता गर्न भनी स्थानिय स्तरमा नै एक आयोगको नाम दिएर घरधुरी र जमिन ओगटेको आधारमा दर्ता प्रकृया अगाडी बढाउन खोजेपछि जिल्ला वन कार्यालयले रोकेको थियो । तर अतिक्रमणकारीलाई भने कुनै कार्वाही गरिएको थिएन । केही थुनामा राखेर निकालिएको स्रोतले बताएको छ । निबेदक अधिकारीले कानुन बमोजिम हुने निर्णय मान्न छाडेर कानुन हातमा लिन आफुलाई डर र धम्की दिन थालेको बताए । राज्यको सम्पतीलाई राज्यकै अधिनमा राख्न आफुले चालेको कदममा साथ दिन उनले सबैलाई आग्रह पनि गरेका छन् ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’