धादिङमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

धादिङमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

Pahiro11

सन्दर्भ तस्बिर

धादिङ । धादिङमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ।

निलकण्ठ नगरपालिका–४ रानागाउँ बेसीघरमा घरमाथिबाट आएको पहिरोले पुरिँदा ३० वर्षीया शर्मीला थापामगरको मृत्यु भएका हो।

यस्तै, अरुण खोलामा बाढी आउँदा पाँच वटा घरमा क्षति पुगेको छ। स्थानीय सुरेश राना र दिपेन्द्र रानाको घर पूर्ण रुपमा भत्केको छ भने राजकुमार राना, साहिँला राना र नारायण श्रेष्ठको घरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

पहिरोका कारण बन्द भएको धादिङ बेसी मलेखु–सडक डोजरले पहिरो हटाएपछि सञ्चालनमा आइसकेको प्रहरीले जनाएको छ। धादिङ बेसी–तिप्लिङ, धादिङ बेसी–खाल्टे–फोस्टार, धादिङ बेसी–सुनौलाबजार सडक खण्ड भने पहिरोका कारण अवरुद्ध रहेका छन्।

धादिङ बेसीबाट सल्यानटारतर्फ लगिएको ३३ केभी प्रसारण लाइनमा क्षति पुगेकाले धादिङको ज्वालामुखी, गङ्गाजमुना, त्रिपुरासुन्दरी र गोरखाको केही भागमा समेत विद्युत् सेवा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ। मर्मत गरी सेवा सञ्चालनमा आउन ३÷४ दिन लाग्ने नेपाल विद्युत् प्राधिकरण धादिङले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds