काठमाडौं । बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले अभिनेत्री मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गरेका छन्।
तामाङले बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेका हुन्।
दायर मुद्दामा वादीको तर्फबाट मुद्दा दर्ता गर्दै तामाङले कानुन बमोजिम सजायको माग गरेका छन्।
माफी माग्ने सवालमा पटक–पटक पहल गर्दा पनि अभिनेत्री मगरले बेवास्ता गरेपछि मुद्दा दर्ता गर्न बाध्य भएको फुर्र्वाले उजुरीमा उल्लेख गरेका छन्।
फिल्म प्राविधिक ठकुरीले मिरुनालाई उक्साउने काम गरेको भन्दै उनीविरुद्ध पनि कारवाही माग गरिएको छ।
यसअघि तामाङ र मगरबीच मिलापत्र भएको थियो।
गत जेठ १५ गते काठमाडौंको सिभिल मलस्थित एक कफी सपमा कबड्डी ४ फिल्मको प्रचारको लागि पुगेकी मिरुनाले आफूलाई फुर्वाले दुव्र्यवहार गरेको भन्दै थप्पड हानेकी थिइन्।
फुर्वाले गल्ती स्वीकारेपछि भाइ सम्झेर माफी दिएको मगरले बताएकी थिइन्। दुवै पक्षले साक्षीहरूको हस्ताक्षरसहित मिलापत्रको कागजसमेत सार्वजनिक गरेका थिए।
यतिबेला पुनः मिरुनाले माफी माग्नुपर्ने भन्दै मुद्दा दायर भएको हो। मिरुना ‘कबड्डी ४’ की अभिनेत्री हुन् भने ठकुरी फिल्म प्राविधिकको रुपमा कार्यरत थिए।
मिरुना यतिबेला लण्डनमा छिन्।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने