राष्ट्रिय प्रजातन्त्र पार्टीले पोखराको पृथ्वीचोकमा विरोध प्रदर्शन गरेका छन् । नागरिकता विधेयक, एमसीसी, संघीयता खारेजी लगायत २२ बुँदे माग राख्दै प्रदर्शन गरेको हो । प्रदर्शनसँगै पृथ्वीचोकमा १० मिनेट चक्काजाम आयोजना गरेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको २२ बुँदे माग लागु गर्न आन्दोलनमा उत्रनुपरेको प्रवक्ता गिरीले जानकारी दिए । सर्वसाधारणलाई दुख दिन नभई आफुहरुले उठाएको माग बुझाउन र सरकारलाई दबाब दिन सांकेतिक रुपमा चक्काजाम गरेको उनले बताए ।
चक्काजामअघि आयोजित कोणसभामा बोल्दै राप्रपा गण्डकीका अध्यक्ष पञ्चराम गुरुङले नागरिकता विधेयक खारेजी नभए नेपालको राष्ट्रियतामा खतरा पर्ने दाबी गरे ।
यस्तै, राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले राष्ट्रिय एकता कायम राख्नुपर्ने बताए । नागरिकता विधेयक, एमसीसी लगायतका कारण नेपालको अस्तित्व खतरामा पर्दै गरेको बताए । कार्यक्रममा केन्द्रिय सदस्यहरु जयलाल पुन, महेन्द्र बहादुर कार्की, प्रदेश सचिव बरुणविक्रम राणा, नगर अध्यक्ष विजयबहादुर भण्डारी लगायतले मन्तव्य राखेका थिए ।

सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह