पोखरा। गलेश्वर मगर समाज पोखराले नव निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान गरेको छ । समाजले शनिवार पोखरा महानगरपालिका वडा नं -१५ का नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको हो।
शुभकामना मन्तव्य राख्दै समाजका निवर्तमान अध्यक्ष दिल बहादुर थापाले उपस्थित सबैलाई स्वागत गरे। उनले मानिस सामाजिक प्राणी भएको कारण विभिन्न परिस्थिति आइपर्न सक्ने भन्दै एकताबद्ध भएर लाग्नुपर्ने बताए। एकता भए कठिन काम गर्न सरल र सफल हुने भन्दै आफ्नो संस्कृति, भेसभुसा र रीतिरिवाजलाई जोगाउनु पर्ने उनको धारणा थियो ।
यस्तै समाजका अध्यक्ष हिमाल आलेले ढिलै भए पनि जनप्रतिनिधिहरूलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए। समाजलाई पहिलो आवश्यकता समाज घरको रहेको भन्दै त्यसको समाधानका लागि थोरै बजेटमा वडा भित्र मिल्ने स्थानमा जग्गा उपलब्धका लागि पहलका गरिदिन उनले जनप्रतिनिधिहरूलाई आग्रह गरे। साथै, वडाबाट सिप विकासका लागि आउने तालिममा आफ्नो समाजलाई पनि सहभागी गराउन उनले आग्रह गरे।

पोखरा -१५ का वडा सदस्य तथा गलेश्वर युवा क्लबका अध्यक्ष आशिष भण्डारीले गलेश्वर चोक क्षेत्रमा विभिन्न जातजाति र भाषाभाषिका मानिस मिलेर बसेको बताए। उनले हिजोका दिनमा पिछडिएको ठाउँ भनेर चिनिने गलेश्वर क्षेत्रमा आज पोखरा महानगरको ३३ वटा वडा मध्यकै नमुना पार्कको रूपमा स्थापना भएको बताउँदै यो पार्क नै आज गलेश्वरवासीको चिनारी भएको बताए। आगामी दिनमा वडाले ल्याएको विभिन्न कार्यक्रममा समाजलाई सहभागी गराउँदै यस समाजको लागि आवश्यकता परेको खण्डमा सहयोग गर्ने उनले वचन दिए।
यस्तै, कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य मन्दिरा परियारले महिलाको आवाज सुन्नको लागि नै आफूहरू वडामा रहेको बताइन्। उनले महिला दिदीबहिनीका समस्या वडा कार्यालयमा लिएर आउन आग्रह गर्दै वडाले दिएको तालिमलाई उपयोग गर्दै त्यसको प्रतिफल लिन समाजका महिला दिदीबहिनीहरूलाई आग्रह गरिन्।
कार्यक्रमका प्रमुख अतिथि वडा नं -१५ का वडाध्यक्ष तोरण बहादुर बानियाँले स्थानीय तहको निर्वाचनमा अमूल्य मतले विजयी बनाउँदै १५ नं वडाको नेतृत्व तहमा पुर्याएको भन्दै कृतज्ञता व्यक्त गरे। उनले विकास र परिवर्तनका लागि वडा नं -१५ लाई हाम्रो वडा, राम्रो वडा, समुन्नत नागरिकहरू बस्ने वडा र सबैले अपनत्व गर्न सक्ने वडा बनाउने अभियानमा रहेको भन्दै यस अभियानलाई सफल बनाउन, योजनाहरूलाई सफल बनाउन आफूहरू ५ जना मात्रै लागेर नहुने भन्दै सबैको साथ समर्थन र सहयोगको आवश्यकता रहने बताए। उनले हाम्रा रीतिरिवाज र परम्परालाई भुल्न नहुने र त्यसलाई पनि सँगसँगै लैजानु पर्ने भन्दै समाज परिवर्तन र देशको विकासका लागि सबै जातजाति, भाषी र धर्म मान्ने मानिस एकै ठाउँमा आउनुपर्ने बताए। साँच्चिकै समाज बनाउनका लागि साझा सङ्कल्प बोकेर अगाडी बढ्नु पर्नेमा उनको जोड थियो।
कार्यक्रमको समापन गर्दै सभापति तथा गलेश्वर मगर समाजका संस्थापक अध्यक्ष सोभितबहादुर सारूले जनप्रतिनिधिहरूलाई सफल कार्यकालको शुभकामना दिए। गलेश्वर समाज भर्खर-भर्खर मात्र स्थापना भएको कारण हाल आर्थिक तथा भौतिक समस्यामा रहेको उनले गुनासो सुनाए।
कार्यक्रमको सञ्चालन समाजका सचिव मिरा बुढाले गरेकी थिइन्। भने, मगर समाजको स्थापनाका लागि योगदान दिएका समाजका विभिन्न सदस्यहरूलाई सम्मान गर्नुका साथै छोटो सांस्कृतिक कार्यक्रम राखिएको थियो।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन