पोखरा । महानगरहरूबिच पारस्परिक सम्पर्क र सञ्जालको प्रवर्द्धन गरी आपसी सहयोग र सहकार्यलाई संस्थागत गर्ने उद्देश्यले ‘महानगर मञ्च नेपाल’ गठन गरिएको छ ।
पोखरा महानगरपालिकाको आयोजनामा पोखरामा साउन १३ र १४ गते दुई दिनसम्म चलेको मेयर सम्मेलनले ‘महानगर मञ्च नेपाल’ गठन गरेको हो । सम्मेलनले आगामी एक वर्षको लागि मञ्चको अध्यक्षमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई चयन गरेको हो ।
मञ्चले महानगर सम्मेलन मार्फत गरिएका प्रतिबद्धताहरूको कार्यान्वयनमा सहजीकरण गर्ने तथा वर्षभर एक आपसमा छलफल गरी देखा परेका समस्या समाधानमा पहल गर्ने पोखरा महानगरपालिका मेयर एवं मञ्चका अध्यक्ष धनराज आचार्यले बताए ।
‘मेयर सम्मेलनले साझा सवालका विषयमा छलफल गर्ने, समस्या समाधानका चुनौती, योजना निर्माण तथा कार्यान्वयन लगायतमा घनिभूत छलफल जारी राख्ने र आज मात्र सार्वजनिक गरिएका ७ बुँदे घोषणापत्र कार्यान्वयन गर्नको लागि सहजीकरण गर्ने उद्देश्यले ‘महानगर मञ्च नेपाल’ गठन गरेको छ’, आचार्यले भने, ‘पहिलो मेयर सम्मेलनको आयोजक पोखरा महानगर भएको अवस्थामा अहिले सम्मेलनको निर्णयले एक वर्षका लागि मञ्चको नेतृत्व गर्ने अवसर मलाइ प्राप्त भएको छ, यो अवसरका लागि मा सबै लाई धन्यवाद दिन चाहन्छु ।’
मेयर सम्मेलन हरेक वर्ष फरक फरक महानगरले आयोजना गर्ने र सम्मेलनले सोहीअनुसार मञ्चको अध्यक्ष तोक्ने उनले बताए । देशका महानगरपालिकाका मेयरहरूको सम्मेलनले महानगरपालिकाहरूका लागि छुट्टै ऐन आवश्यक रहेको निचोड निकालेको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु