पोखरा । काठमाडौंका मेयर वालेन शाह सहित नेपालका ६ वटा महानगरका मेयरहरुले पोखराको अन्नपूर्ण केवलकारको अवलोकन गरेका छन्। पोखरा महानगरका मेयर धनराज आचार्यको नेतृत्वमा काठमाण्डौंका मेयर शाह सहित शनिबार ६ वटा महानगरका मेयर, उपमेयर तथा प्रमुख प्रशासकिय अधिकृतहरुले समेत उक्त केवलकार अवलोकन गरेको अन्नपूर्ण केवलकार प्रा.लि.ले जनाएको छ।
उक्त केवलकारमा पोखराका मेयर आचार्य सहित काठमाण्डौंका मेयर वालेन शाह, बिराटनगरका मेयर नागेश कोइराला, भरतपुरका मेयर रेणु दाहाल, ललितपुरका मेयर चिरिबाबु महर्जन र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले अवलोकन गरेका थिए । हालै निमार्ण भएको अन्नपूर्ण केवलकार व्यवसायीक रुपमा गत फागुन ६ गते देखि संचालनमा आएको हो।

मेयरहरुलाई तल्लो स्टेसन हुदै केवलकारबाट सयर गराउदै माथिल्लो स्टेसनसम्म पुराइएको प्रा.लि.का जनरल म्यानेजर दिनेश पौडेलले बताए । माथिल्लो स्टेसनमा भने पोखरा महानगरपालिका वडा नम्बर १८ र स्थानियले मेयरहरुको टोलीलाई पन्चे बाजागाजा सहित फुलमालाले स्वागत गरेका थिए। आफ्नो क्षेत्रमा देशकै महानगरका प्रमुखहरुलाई पाउनुमा आफुहरु निकै खुसि हुदै उहाँहरुको लागि स्वागत सत्कार गरिएको पोखरा १८ का वडा अध्यक्ष शिव तिमिल्सिनाले बताए । पोखराको नयाँ पर्यटकीय गन्तव्य भएकोले मेयर सम्मेलनको अवसरमा देशकै ६ वटा मेयरहरुलाई आफ्नो ठाँउमा भ्रमण गराउदै केवलकारको थप प्रबद्र्धन हुने कम्पनीले विश्वास लिएको छ।
देशका ६ वटा महानगरका मेयर तथा उपमेयर एवं प्रमुख प्रशासकिय अधिकृत मार्फत महानगरबासीहरुको लागि समेत उक्त केलवकार एक पटक चढ्न कम्पनीले आग्रह गरेको छ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’