पोखरा । काठमाडौंका मेयर वालेन शाह सहित नेपालका ६ वटा महानगरका मेयरहरुले पोखराको अन्नपूर्ण केवलकारको अवलोकन गरेका छन्। पोखरा महानगरका मेयर धनराज आचार्यको नेतृत्वमा काठमाण्डौंका मेयर शाह सहित शनिबार ६ वटा महानगरका मेयर, उपमेयर तथा प्रमुख प्रशासकिय अधिकृतहरुले समेत उक्त केवलकार अवलोकन गरेको अन्नपूर्ण केवलकार प्रा.लि.ले जनाएको छ।
उक्त केवलकारमा पोखराका मेयर आचार्य सहित काठमाण्डौंका मेयर वालेन शाह, बिराटनगरका मेयर नागेश कोइराला, भरतपुरका मेयर रेणु दाहाल, ललितपुरका मेयर चिरिबाबु महर्जन र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले अवलोकन गरेका थिए । हालै निमार्ण भएको अन्नपूर्ण केवलकार व्यवसायीक रुपमा गत फागुन ६ गते देखि संचालनमा आएको हो।

मेयरहरुलाई तल्लो स्टेसन हुदै केवलकारबाट सयर गराउदै माथिल्लो स्टेसनसम्म पुराइएको प्रा.लि.का जनरल म्यानेजर दिनेश पौडेलले बताए । माथिल्लो स्टेसनमा भने पोखरा महानगरपालिका वडा नम्बर १८ र स्थानियले मेयरहरुको टोलीलाई पन्चे बाजागाजा सहित फुलमालाले स्वागत गरेका थिए। आफ्नो क्षेत्रमा देशकै महानगरका प्रमुखहरुलाई पाउनुमा आफुहरु निकै खुसि हुदै उहाँहरुको लागि स्वागत सत्कार गरिएको पोखरा १८ का वडा अध्यक्ष शिव तिमिल्सिनाले बताए । पोखराको नयाँ पर्यटकीय गन्तव्य भएकोले मेयर सम्मेलनको अवसरमा देशकै ६ वटा मेयरहरुलाई आफ्नो ठाँउमा भ्रमण गराउदै केवलकारको थप प्रबद्र्धन हुने कम्पनीले विश्वास लिएको छ।
देशका ६ वटा महानगरका मेयर तथा उपमेयर एवं प्रमुख प्रशासकिय अधिकृत मार्फत महानगरबासीहरुको लागि समेत उक्त केलवकार एक पटक चढ्न कम्पनीले आग्रह गरेको छ।
सम्बन्धित खबर
नेपाली कांग्रेसको १५औँ महाधिवेशन: स्याङ्जाका ११ वटै पालिकामा कांग्रेसको नेतृत्व चयन
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै