पोखरा । नेपाल मगर पत्रकार संघ कास्कीको शाखाको अध्यक्षमा बिनु थापा मगर सर्वसम्मत चयन भएकी छन्।
आइतबार सम्पन्न संघको दोस्रो जिल्ला अधिवेशनले बिनु थापा मगरको अध्यक्षतामा १३ कार्यसमिति चयन गरेको हो।
समितिको उपाध्यक्षमा सुरज थापा मगर, सचिवमा प्रविण मगर, सहसचिवमा बल बहादुर रोका मगर र कोषाध्यक्षमा आशा माया मगर सर्वसम्मत निर्वाचित भएको छन्।
यस्तै सदस्यहरुमा सुुजन थापा मगर, जुना थापा मगर र सिजन थापा मगर चयन भएका छन् भने बाँकी पहिलो बैठकले मनोनित गर्ने निर्वाचन मण्डलले जनाएको छ।
मौलिक कौराहा पुरस्कार पत्रकार मनोज घर्तीमगरलाई

राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापित ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०७९’ बाट पत्रकार मनोज घर्ती मगरलाई प्रदान गरिएको छ।
नेपाल मगर पत्रकार संघ कास्कीले सञ्चालन गर्दै आएको उक्त पुरस्कारबाट मौलिक कौराहा संरक्षणको पक्षमा र पत्रकारितामार्फत उजागर गरेको भन्दै पत्रकार घर्तीमगरलाई पुरस्कार प्रदान गरिएको हो।
राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार तथा नेपाल मगर पत्रकार संघ कास्कीको शाखाको दोस्रो अधिवेशनको अवसरमा पत्रकार घर्ती मगरलाई नगद रु १० हजार र ताम्रपत्रद्वारा पुरस्कृत गरिएको हो । पुरस्कृत घर्तीमगर अधिवक्ता समेत हुन्।

यसैविच मगर पत्रकार कास्की शाखाले नेपाल मगर संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र पुन मगर, ओम थापा मगर र एसटी क्रियसन नेपालले आयोजना गरेको पाँचौ संस्करणको मिस मगर नेपाल २०२२ को विजेता तथा रनरअफहरुलाई समेत सम्मान गरेको छ।
यसअघि उक्त पुरस्कारबाट मौलिक कौराहा संरक्षणमा कलम चलाउँदै आएका पत्रकारहरु कमला राना मगर (नवलपुर), तिलक पुन पुर्जा (कास्की), प्रताप राना मगर (तनहु) र मान बहादुर घर्ती (एमबी आस्था) मगर (कास्की) पुरस्कृत भईसकेका छन् ।
सम्बन्धित खबर
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु