पोखरा । नेपाल प्रेस युनियनले स्थापना गरेको राष्ट्रिय स्तरको पत्रकारिता पुरस्कार रमेश पौडेल र रवीन्द्र बास्तोलालाई प्रदान गरिने भएको छ ।
नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको सो पुरस्कार छनोट समितिको सिफारिस बमोजिम वर्ष २०७७ का लागि रमेश पौडेल र वर्ष २०७८ का लागि रवीन्द्र बास्तोलालाई पुरस्कृत गरिने भएको हो ।
गंगाधर पराजुली संयोजक रहेको प्रतिभा छनोट समिति सदस्यमा सरिता तिमिल्सिना पगेनी, बोधराज कार्की, विजय भण्डारी एवं युनियन कार्यवाहक अध्यक्ष रविना आले र सचिव प्रदीप पौडेल पदेन सदस्य रहेका थिए ।
युनियनले १२ लाख अक्षयकोष स्थापना गरेर २०७२ सालदेखि हरेक २ वर्षमा सो पुरस्कार प्रदान गर्दै आएको छ । सो पुरस्कार युनियनको सदस्य रहको, १५ वर्षदेखि निरन्तर पत्रकारिता गर्दै संगठन सुदृढीकरणमा महत्वपूर्ण योगदान दिनेलाई प्रदान गर्ने गरिन्छ । पुरस्कार राशि जनही ३३ हजार ३ सय ३३ रुपैयाँ र सम्मानपत्र रहेको छ । कोरोना महामारीका कारण रोकिएको २०७७ यसपालि संयुक्त रुपमा वितरण गरिन लागेको नेपाल प्रेस युनियन कास्कीका सचिव प्रदीप पौडेलले जानकारी दिए ।
प्रेस युनियनका निवर्तमान केन्द्रीय उपाध्यक्ष रमेश पौडेल हाल रेडियो बाराहीमा कार्यकारी निर्देशक छन् । उनी गोरखापत्र राष्ट्रिय दैनिक गण्डकी प्रदेश ब्यूरो प्रमुख एवं नेपाल टेलिभिजनका पोखरा समाचारदाता भइ पत्रकारितामा क्रियाशील छन् ।
तीन दशकअघि पत्रकारिता क्षेत्रमा प्रवशे गरेका पत्रकार पौडेल दयाशंकर स्मृति पत्रकारिता पुरस्कार, गजेन्द्र भण्डारी स्मृति पत्रकारिता पुरस्कार, नेपाल टेलिभिजन उत्कृष्ट पत्रकारिता पुरस्कार, गोरखापत्रबाट उत्कृष्ट समाचारदाता, पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार लगायतबाट पुरस्कृत हुनुको साथै दर्जनांै संघसंस्थाबाट सम्मानित भएका छन् ।
यस्तै, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य रहेका रवीन्द्र बास्तोला पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष हुन् । २०५२ सालदेखि पत्रकारितामा क्रियाशील उनी हाल हिमदूत दैनिकका सम्पादक एवं रेडियो तरंगका अध्यक्ष छन् । यसअघि उनी दयाशंकर स्मृति पत्रकारिता पुरस्कार र गजेन्द्र भण्डारी स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुको साथै दर्जनांै संघ संस्थाबाट सम्मानित भएका छन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन