पोखरा । गण्डकी प्रदेशका ६ वटा जिल्लामा तेक्वान्दो खेल सामाग्री सहयोग हस्तान्तरण गरिएको छ । गण्डकी प्रदेशका कास्की, तनहुँ, म्याग्दी, पर्वत, बागलुङ, गोर्खा र नवलपुर जिल्लाको लागि तेक्वान्दो खेल सामाग्री चेस कभर, हेड गार्ड किकिङ प्याड एक समारोहका बिच बुधबार पोखरामा सहयोग हस्तान्तरण गरिएको नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशका अध्यक्ष जगन गुरुङले बताए ।
गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजिव गुरुङले २ लाख ८० हजार मुल्य बराबरको खेल सामाग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल पार्न सबै खेल संघहरु सक्रिय हुनु पर्ने बताए । तेक्वान्दो खेलको लागि अत्याधुनिक सेन्सर सिस्टम उपलब्ध गराउने मन्त्री गुरुङले वचन दिए ।
यसैबिच, नेपाल तेक्वान्दो संघको कार्यक्रम अनुसार गण्डकी प्रदेशका रेफ्रिहरुको लागि यही साउन २२ देखि २५ गतेसम्म पोखरामा संचालन भएको रेफ्रि रिफ्रेसर तथा सेमिनारमा सहभागि प्रशिक्षकहरुलाई समेत मन्त्री गुरुङले प्रमाण पत्र वितरण गरेका थिए । संघका केन्द्रिय अध्यक्ष प्रकाश शम्सेर राणाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संघका महासचिव दीपराज गुरुङ, गण्डकी खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङ, संघ गण्डकीका अध्यक्ष जगन गुरुङ लगायतले बोलेका थिए । उक्त प्रशिक्षणमा चितवन सहित ७ जिल्लाका ५६ जना सहभागि भएको संघले जनाएको छ ।
सम्बन्धित खबर
यू-१९ साफ च्याम्पियनशीप: माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा
चीनको हाङ्जाओमा १९ औं एसियाली खेलकुदको भव्य उद्घाटन [तस्वीरहरू]
पारस खड्का क्यानको सचिवमा निर्वाचित, अध्यक्षमा चतुर निर्विरोध
पाठक प्रदेश खेलकुद परिषद् गण्डकीको निमित्त सदस्यसचिव
गण्डकी प्रदेश लामाचौर भलिबल कप च्याम्पियन, पुलिस उपविजेता
आठौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डको तयारी सुरु
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि