त्रिशूली नदीमा ट्रक खस्यो

त्रिशूली नदीमा ट्रक खस्यो

Jeep-Trishuli-

त्रीशुली नदी/फाइल तस्बीर

चितवन। त्रिशूली नदीमा आज (शनिबार) बिहान ट्रक खसेको छ।

इच्छाकामना गाउँपालिका–५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट बिहान नौ बजेतिर इँटा बोकेको ट्रक त्रिशूली नदीमा खसेको हो।

मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको उक्त ट्रक अनियन्त्रित भई त्रिशूलीमा खसेको हो।

ट्रक पूर्णरूपमा डुबेको अवस्थामा रहेकाले नम्बर र कति जना सवार थिए भन्न नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

ट्रक बाहिर निकाल्ने प्रयास जारी रहेको छ। घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds