काठमाडौं । भारतको राजस्थानमा शिक्षकको कुटाइबाट एक दलित विद्यार्थीको मृत्यु भएको छ।
राजस्थानको जालोर जिल्लाको सायला गाउँको एक निजी विद्यालयका दलित समुदायका एक ९ वर्षीय (बालक) विद्यार्थीले शिक्षकका लागि राखिएको माटाको भाँडाको पानी पिएको भन्दै विद्यालयका शिक्षकले कुटपिट गर्दा उनको मृत्यु भएको हो। विद्यार्थीको मृत्यु भएपछि स्थिति तनाव ग्रस्त बनेको छ।
ती विद्यार्थीका अभिभावक र राजस्थानका दलित समुदायका बासीन्दा आक्रोशित बनेका छन् । प्रहरीले दोषी शिक्षकलाई पक्राउ गरी हत्या अभियोग लगाई मुद्दा दायर गरिएको छ। प्रहरीका अनुसार परिवारको उजुरीमा शिक्षक विरुद्ध एससीएसटी ऐन र धारा ३०२ अन्तर्गत मुद्दा दर्ता गरिएको छ।
उक्त घटना जुलाई २० मा भएको थियो। शिक्षकको कुटाइबाट आँखा र कानमा गम्भीर चोट लागेका बालकलाई उपचारका लागि करिब ३०० किलोमिटर टाढा अहमदाबाद लगिएको थियो । बालकको उपचारको क्रममा अस्पतालमा हिजो शनिबार मृत्यु भएको हो। द्वन्द्व चर्किने आशंकामा उक्त क्षेत्रमा इन्टरनेट बन्द गरिएको छ।
यसैबीच राजस्थानको मुख्यमन्त्री अशोक गहलोतले घटनाप्रति दुःख व्यक्त गर्दै त्यसबारे तत्काल छानबिन गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन्। परिवारलाई जतिसक्दो चाँडो न्याय सुनिश्चित गरिने पनि मुख्यमन्त्री अशोकले बताएका छन्। मुख्यमन्त्री राहत कोषबाट परिवारलाई ५ लाख भारतीय रुपैयाँ राहत स्वरुप उपलब्ध गराइने पनि उनले बताएका छन्।
सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु