पोखरा । नेकपा एमाले धादिङ पोखरा सम्पर्क मञ्चले मोटरसाइकल र्याली निकालेको छ । साधारणसभाको पूर्वसन्ध्या एवं राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक पुनः जस्ताको तस्तै संसदबाट पारित गरेर नालायक काम गरेको भन्दै मञ्चले मोटरसाइकल र्याली निकालेको हो ।
मञ्चका सल्लाहकार गोकर्ण अधिकारीका अनुसार एमाले कास्कीको पार्टी कार्यालय, नयाँबजारबाट सुरु भएको र्याली महेन्द्रपुल, नदिपुर, बगर हुँदै विन्ध्यवासिनी निस्केर जिरो, हल्लनचोक भएर लेकसाइड पार गर्दै पृथ्वीचोक हुँदै नयाँबजार फर्किएको थियो । दर्जनौंको सहभागिता रहेको उनले जनाए ।
त्यसपछि आयोजित पत्रकार सम्मेलनमा शनिबार हुँदै गरेको मञ्चको ११ औं साधारणसभा तथा तीज विशेष एवं चेलीबेटी भेटघाट कार्यक्रमबारे जानकारी दिइयो ।

मञ्चका अध्यक्ष शेरबहादुर अधिकारीले भोलिको कार्यक्रमको सबै तयारी पूरा भएको बताए । अधिकारीले तीज विशेष कार्यक्रम विगतमा पनि गर्दै आएकोले यस पटक पनि निरन्तरता दिएको बताए ।
उनका अनुसार कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गर्न नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डे, धादिङका सांसद तथा नेताहरु पोखरा आउँदैछन् । पार्टीको कास्की जिल्ला कमिटि र पोखरा महानगरका नेतृत्व पनि कार्यक्रममा सहभागी हुनेछन् ।
निवर्तमान अध्यक्ष एवं कार्यक्रम संयोजक वीरबहादुर थापाले धादिङ घर भई पोखरामा स्थायी तथा अस्थायी बसोबास गरिरहेका एक हजार बढी एमालेको विचार बोकेका धादिङबासी भोलि कार्यक्रममा सहभागी हुने बताए । कार्यक्रम नयाँबजारस्थित तमु धिं नेपालको सभाहलमा हुनेछ ।
संस्थापक अध्यक्ष कृष्णबहादुर लम्सालले २०५४ सालमा स्थापना गरेको मञ्च आज यो अवस्थामा आइपुग्दा खुशी लागेको बताए । पूर्व अध्यक्ष बेनी पाठकले अझै धेरै सदस्यहरु संगठित गर्ने कार्यमा लागिपरेको बताए । उनले कार्यक्रम आसन्न संघीय र प्रदेशसभाको निर्वाचनको तयारीको रुपमा लिन सकिने बताए ।
मञ्चका उपाध्यक्ष योगप्रसाद सापकोटा (नवराज) ले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव सरोज कुँवरले गरेका थिए ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह