पोखरा । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले विचार नमिल्ने दलहरुको गठबन्धन सत्ताभोगका लागि मात्र भएको टिप्पणी गरेका छन् । नेकपा (एमाले) धादिङ–पोखरा सम्पर्क मञ्चको ११ औं साधारणसभामा बोल्दै पाण्डेले अहिले एक्लो नेकपा एमाले विरुद्ध मुलुकका सबै जसो दलहरु एक ठाउँमा उभिन बाध्य भएको बताए ।
‘नेकपा एमालेलाई हराउन कुनै दलले पनि सक्दैन । त्यसैले सबै एक हुन बाध्य छन् । तर यो गठबन्धन विचार मिल्नेहरुको गठबन्धन होइन । भागवण्डामा गरिएको गठबन्धन कहिलेसम्म जान्छ ? हेरौं ।’ उपाध्यक्ष पाण्डेले भने– ‘भाग तलमाथि हुनासाथ गठबन्धन भत्किन्छ । एक्लाएक्लै एमालेसँग भिड्ने ताकत कसैको छैन ।’
प्रमुख अतिथि पाण्डेले धादिङमा पार्टी मजबुत बन्नुुमा पोखरा स्थित धादिङेली जनताको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे । कामको सिलसिलामा जहाँ रहेपनि आफ्नो पार्टीप्रतिको निष्ठा र समर्पण नछाडेको भन्दै पछिल्लो क्रममा सक्रिय गतिविधिका साथ मुलुकका सम्पर्क मञ्च मध्ये धादिङ–पोखरा सम्पर्क मञ्च अग्रपंक्तिमा रहेको बताए । उनले धादिङबासीहरु पोखरामा विभिन्न क्षेत्रमा स्थापित भएकोमा खुशी लागेको बताउँदै अध्ययनशील हुन पनि सुुझाए ।

नेकपा एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारीले सम्पर्क मञ्चले पार्टी जोड्ने पुलको काम गरेको भन्दै कास्की पार्टी निर्माणमा पनि पोखरा बस्ने धादिङबासीको अतुलनीय योगदान रहेको उल्लेख गरे । पोखरा महानगर कमिटि अध्यक्ष दिलिप न्यौपानेले देशभरका एमालेजन यस्तै सक्रियतापूर्वक पार्टीमा लागिपरे गठबन्धनलाई परास्त गर्न सक्ने बताए ।
मञ्चका पूर्व अध्यक्षसमेत रहेका जिल्ला कमिटि धादिङका सदस्य बेनी पाठक, जिल्ला कमिटि धादिङ सदस्य चन्द्रकुमारी अधिकारी, धादिङको गल्छी गाउँपालिका अध्यक्ष केदार खतिवडा, मञ्चका संस्थापक अध्यक्ष कृष्ण लम्साल, निवर्तमान अध्यक्ष वीरबहादुर थापालगायतले बोलेका थिए ।
मञ्चका अध्यक्ष शेरबहादुर अधिकारीको अध्यक्षतामा भएको साधारणसभामा सचिव सरोज कुँवरले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उपाध्यक्ष योगप्रसाद सापकोटा (नवराज)ले स्वागत गरेका थिए ।
उक्त अवसरमा धादिङका विभिन्न पालिका तथा वडाहरुमा पार्टीबाट विजयी जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो । यस्तै, मञ्चद्वारा आयोजित विभिन्न कार्यक्रमका संयोजकहरुलाई सम्मान पनि गरिएको थियो । रक्तदान कार्यक्रम संयोजक नवराज सापकोटा, क्यालेण्डर प्रकाशन संयोजक सरस्वती श्रेष्ठ (सरु), अधिवेशन व्यवस्थापन संयोजक अर्जुन खतिवडा तथा आर्थिक सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो ।
यस्तै, नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा धादिङ घर भई पोखरामा स्थायी वा अस्थायी बसोबास गर्दै आएका चेलीबेटीबीच भेटघाट तथा दर खुवाउने कार्यक्रम पनि सम्पन्न भयो । यसअघि, मञ्चले पूर्वसन्ध्यामा शुक्रबार बेलुकी मोटरसाइकल ¥याली गरेको थियो ।

सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी