पोखरा । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य शालिकराम जमरकट्टेलले प्रचण्डकै नेतृत्वमा मुलुकमा समाजवाद आउने जिकिर गरेका छन् । उनले पोखरामा माओवादी कार्यकर्तामाझ प्रचण्डको नेतृत्वमा शान्तिपूर्ण ढंगले समाजवादको लक्ष्य हासिल गर्ने बताए ।
नेकपा माओवादी केन्द्र निकट धादिङ पोखरा जनसम्पर्क मञ्चले पोखरामा आयोजना गरेको तीज विशेष एवं कार्यकर्ता भेटघाट कार्यक्रममा प्रमुख अतिथि रहेका जमरकट्टेलले काँग्रेस समाजवाद ल्याउने पार्टी नभएको र एमालेको त कुरै गर्न नपर्ने बताए । ‘काँग्रेस समाजवाद ल्याउने पार्टी नै होइन । अर्को पार्टी एमाले त के कुरा गर्नु । नाम कम्युनिष्ट, राप्रपासँग् गठबन्धन गरेर हिँड्छ । राप्रपा त संघीयता, गणतन्त्र विरोधी पार्टी हो । त्यस्तोसँग हिँड्नेले कसरी समाजवाद ल्याउँछ ?’ जमरकट्टेलको प्रश्न छ । बागमती प्रदेशका अर्थमन्त्रीसमेत रहेका देशको परिवर्तनकारी शक्ति माओवादी नै भएको उल्लेख गर्दै उनले जनाधार कमजोर नरहेको बताए । पोखरामा भेला भएका कार्यकर्ताबाट नै जनाधार कस्तो छ भन्ने पुष्टि हुने उनको भनाई थियो ।
कार्यक्रममा विशेष अतिथिहरु बाग्मती प्रदेश सांसद जगत सिंखडा, पार्टीका केन्द्रीय सदस्य रामबहादुर भण्डारी, कास्की पार्टी इन्चार्ज राजकाजी गुरुङ करण लगायत जिल्ला समन्वय धादिङका प्रमुख नवराज अधिकारी, धादिङ जिल्ला कमिटि अध्यक्ष मनराज भण्डारी, जिल्ला कमिटि सदस्य युवराज खतिवडा, पोखरा महानगर कमिटि अध्यक्ष हरिनारायण गिरी, बाग्मती प्रदेश पार्टी सहसचिव विजय बुर्लाकोटी, निलकण्ठ नगरपालिका उपप्रमुख दीपक विश्वकर्मा, त्रिपुरासुन्दरी गाउँपालिका उपाध्यक्ष देवराज धरेल लगायतले बोलेका थिए ।
मञ्चका अध्यक्ष ईश्वरकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद धरेल र सञ्चालन सचिव राजु पाण्डेले गरेका थिए । उक्त अवसरमा धादिङबाट स्थानिय तहमा निर्वाचित माओवादीका ३ दर्जन जनप्रतिनिधिहरुलाई मायाको चिनोका साथ सम्मान गरिएको थियो ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह