पोखरा । तमु (गुरुङ) कलाकार संघ नेपाल, गण्डकी प्रदेशको नवनिर्वाचित कार्यसमितिलाई मिलन डी.जी. इन्टरनेशनल प्रालिले बधाई ज्ञापन तथा सम्मान गरेको छ।
मिलन डी.जी. इन्टरनेशनल प्रालिको आयोजना तथा मिलन फाउण्डेशन नेपाल, मिलन वल्र्ड डट न्यूज र मिलन ट्रष्टको सह–आयोजनामा भएको कार्यक्रममा नवनिर्वाचित तमु कलाकार संघ, गण्डकीका पदाधिकारी र कार्यसमिति सदस्यलाई सम्मान गरिएको हो।
सो अवसरमा सम्मान गर्दै नेकपा (माओवादी केन्द्र), गण्डकी प्रदेशसभा संसदीय दलकी प्रमुख सचेतक गायत्री गुरुङ “कुसुम”ले तमु कलाकारलाई गरिएको सम्मान तमु कला, संस्कृतिको संरक्षणका लागि जिम्मेवारी दिएको रुपमा लिनुपर्ने बताइन्। अब नीतिगत कुरा मात्र नभइ व्यवहारमा काम हेर्न चाहेको जनाउँदै उनले समृद्धि भनेको बाटो बन्नु मात्र नभएको बताइन्।
कला, संस्कृतिको संरक्षण र विकासले मात्र समृद्धिलाई सार्थक बनाउने भन्दै प्रमुख सचेतक गुरुङले कला, संस्कृतिको संरक्षणमा तमु कलाकारको महत्वपूर्ण भूमिका रहेको बताइन्। गण्डकी प्रदेश सरकार समृद्धिको यात्रामा रहेको भन्दै गुरुङले सर्वाङ्गीण विकासका लागि प्रदेश सरकारले काम गरिरहेको दाबी गरिन्।
त्यस्तै, सम्मानितको तर्फबाट बोल्दै तमु (गुरुङ) कलाकार संघ नेपाल, गण्डकी प्रदेशका नवनिर्वाचित अध्यक्ष सुरेन्द्र गुरुङले कलाकारको दुःख, सुखमा तमु कलाकार संघ सधैं साथमा रहेको बताए। समाजसेवी दुर्गा गुरुङ “मिलन” र मिलन फाउण्डेशन नेपालकी अध्यक्ष गंगाकुमारी गुरुङले तमु कलाकार संघको संस्थागत विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै नवनिर्वाचित अध्यक्ष गुरुङले यो सम्मानले थप हौसला र जिम्मेवारी थपिएको बताए। तमु जातिको कला, संस्कृतिको संरक्षण र विकृति, विसंगतिको अन्त्यका लागि तमु कलाकार संघ, गण्डकीले विशेष जोड दिएको उनले बताए।
मिलन ट्रष्टकी संरक्षक सावित्रीकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा मिलन डी.जी. इन्टरनेशनल प्रालिका मिडिया संयोजक रूद्रबहादुर श्रीसले पनि बोलेका थिए। कार्यक्रममा तमु (गुरुङ) कलाकार संघ नेपाल, गण्डकी प्रदेशका नवनिर्वाचित अध्यक्ष सुरेन्द्र गुरुङसहित वरिष्ठ उपाध्यक्ष माया गुरुङ, उपाध्यक्ष विक्रम गुरुङ, महिला उपाध्यक्ष इन्द्रा गुरुङ, महासचिव टसबहादुर गुरुङ, सचिव नेत्र गुरुङ, महिला सचिव ज्योति गुरुङ, सह–सचिव डबिन गुरुङ, कोषाध्यक्ष सविना गुरुङ, सह–कोषाध्यक्ष दिलु गुरुङ सम्मानित भएका हुन्।
त्यसैगरी, विदेश विभाग प्रमुख गौरी गुरुङ, सांस्कृतिक विभाग प्रमुख सविन गुरुङ, अतिरिक्त विभाग प्रमुख ओम गुरुङ, महिला विभाग प्रमुख रविना गुरुङ, सचिवालय सदस्यहरू पूजा गुरुङ, रामप्रसाद गुरुङ, मीना गुरुङ, रनु गुरुङ, संगीता गुरुङ, ममता गुरुङ, सीता गुरुङ, धनप्रसाद गुरुङ, रोशन गुरुङ, सुनिमा गुरुङ, युमिन्द्रा गुरुङ (युविन) र काजी गुरुङ सम्मानित भएका छन्।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ