काठमाडौं । निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धरलाई भेटेर २१ हजार रूपैयाँ फिर्ता गरेकी छन्। करिश्माले आफ्नो छोरालाई किनिदिएको चश्मा पनि उनले फिर्ता दिइन्।
निहारिका गत असारमा पहिलोपटक अनशन बस्दा करिश्माले उनलाई २० हजार रुपैयाँ सहयोग दिएकी थिइन्। तर, दोस्रोपटकको अनशनमा भने करिश्माले आफूले गरेको सहयोगप्रति पछुतो व्यक्त गरेकी छन्। उनले निहारिकाको निजी तस्वीरहरू सामाजिक सञ्जालमा सार्वजनिक गरिदिएकी थिइन्।
करिश्माले आफ्नो अनुमतिविना तस्वीरहरू सार्वजनिक गरेकोमा निहारिका उनीसँग क्रोधित छिन्। आफ्नो गोपनियता उल्लंघन र चरित्रहत्या गरेको आरोपमा करिश्मामाथि उजुरीसमेत दिने उनको तयारी छ। उजुरी दिनुपूर्व उनले करिश्माबाट पाएको सहायता फिर्ता गरिदिएकी हुन्।
निहारिका रकम फिर्ता गर्न गोदावरीस्थित करिश्माको घरमा पुगेकी थिइन्। तर त्यहाँ नभेटेपछि उनी करिश्मा सहभागी भएकी कार्यक्रममा पुगिन्।
निहारिकाले रकम फिर्ता गर्दा करिश्माले लिन मानेकी थिइनन्। तर निहारिकाले मलाई तपाईंको दया चाहिएको छैन भन्दै फिर्ता गरिदिइन्। करिश्माले पनि मैले दुःख गरेर कमाएको रकम हो, गलत काममा प्रयोग भएन भन्दै स्वीकार गरेकी छन्।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने