पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले संस्कृतिमा नेपालीपन हराउदै गएमा राष्ट्रियता समेत हराउन सक्ने खतरा भएको बताएका छन्। सराङकोटमा आइतबार देखि सुरु भएको प्रथम तीज मेलाको उद्घाटन गर्दै मन्त्री बरालले राष्ट्रिय भनेको भूगोल मात्र नभई संस्कृति सँग समेत जोडिएकोले कुनै देशको संस्कृति हराउदा राष्ट्रियता नै हराउन सक्ने खतरा हुने भएको बताएका हुन्।
नेपालीपन र नेपाली संस्कृति हराएमा नेपालको राष्ट्रियता हराउने उनको दाबी थियो। तिजले नेपाली भाषा, समाजको सथार्थता छर्रलङग पार्न सक्नुपर्ने बताउदै मन्त्री बरालले समाजको ऐन तिज गितमा झल्कनुपर्नेमा जोड दिए। इतिहास हेर्दा कृषि पर्वको रुपमा तिज पर्वलाई मनाउदै आएको मन्त्री बरालको भनाई छ।
नेपाली संस्कृतिलाई हामीले संरक्षण गर्नुपर्ने बताउँदै मन्त्री बरालले पछिल्लो समयमा तिजमा विकृति बढ्दै गएको दाबी गरे। तिजमा हुने गरेको विकृतिलाई अन्त्य गर्न नसके तिज नेपाली परम्पराको पर्व नभई अन्य कसैको पर्वको रुपमा हुन सक्ने खतरा रहेको उनको भनाई थियो। एक महिना देखि विभिन्न वहानामा दरखादै हिड्नु, विभिन्न प्रकारका नृत्य प्रर्दशन गर्नु कति उचित हो, के हाम्रो यस्तै संस्कृति हो भनी मन्त्री बरालले प्रति प्रश्न गरे। अधिकार प्राप्तिसँगै आम नागरिकहरुलाई अब कर्तव्य पालना गराउन उत्प्रेरणा जगाउनु पर्ने समय आएको उनको भनाई थियो। निर्वाचनका वेला सराङकोटमा पिउने पानीको व्यबस्था मिलाउन प्रयास गर्छु भनेकोमा हाल करिब ९५ प्रतिशत खानेपानीको व्यवस्था भएको मन्त्री बरालको दाबी थियो। नेपाली काँग्रेसकी नेतृ शारदा पौडेलले सराङकोटबासीलाई विकास र समृद्धिको लागि एक हुन आग्रह गरिन्।

मञ्चका अध्यक्ष महेशकुमार तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पोखरा १८ का अध्यक्ष शिव तिमिल्सिना, राष्ट्रिय भूमि आयोग कास्कीका प्रवक्ता आसबहादुर गुरुङ, काँग्रेस नेता डिल्लिराम तिमिल्सिना, नेकपा माओबादी केन्द्रका नेता राजु शर्मा तिमिल्सिना, पुर्णाखर तिमिल्सिना, नेकपा एकिकृत समाजबादीका नेता गंगाधर तिमिल्सिना, मञ्चका पूर्व अध्यक्ष कृष्ण प्रसाद तिमिल्सिना जोशी लगायतले वोलेका थिए।
सराङकोटको अन्नपूर्ण सामुदायिक विकास मञ्च, महिला साना किसान कृषि सहकारी, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब अफ पोखरा सराङकोटको संयुक्त आयोजनामा उक्त मेला भदौं १४ गतेसम्म संचालन हुने भएको बलराम तिमिल्सिनाले बताए। तिज गीत प्रतियोगिताको विजेतालाई ६६ हजार ६ सय ६६, उपविजेतालाई ३३ हजार ३ सय ३३ र तेश्रो हुनेलाई २२ हजार २ सय २२ रुपैयाँ प्रदान गरिने छ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह