छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा नोबेल कलेजका एक शिक्षक पक्राउ

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा नोबेल कलेजका एक शिक्षक पक्राउ

pakrau

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित नोबल एकेडेमीका एक शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।

प्लस टु मा अध्ययनरत एक छात्रालाई दुर्व्यवहार गरेको आरोपमा शिक्षक ३० वर्षीय सरोज भट्टराईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका भट्टराई अंग्रेजी पढाउने शिक्षक हुन्। उनलाई प्रहरी वृत्त बानेश्वरको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाइएको छ।

विद्यार्थीलाई दुर्व्यवहार गरेको भन्दै कक्षा १२ का विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिइएको हो।

आरोपित शिक्षकले छात्राहरूलाई अश्लील म्यासेज र तस्बिर पठाउने गरेको आन्दोलित विद्यार्थीहरूले आरोप लगाएका छन्।

विद्यार्थीहरूले आज बिहानैदेखि आरोपित शिक्षकलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds