पोखराका मेयर आचार्यको सय दिन : सार्वजनिक जग्गाको विवाद समाधान, हजारौं वृक्षारोपण

पोखराका मेयर आचार्यको सय दिन : सार्वजनिक जग्गाको विवाद समाधान, हजारौं वृक्षारोपण

Dhanraj-Aacharya

पोखरा । पोखरा महानगरपालिकाले नयाँ नेतृत्व आएपछिका १०० दिनका उपलब्धि सार्वजनिक गरेको छ । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदस्थापन गरेको १०० दिन पूरा गरेको अवसरमा पत्रकार भेटघाट कार्यक्रम गरी नगरप्रमुख धनराज आचार्यले उपलव्धी सार्वजनिक गरेका हुन् ।

यस अवधिमा १०० बढी महत्त्वपूर्ण कामहरूको सुरुवात गरिएको प्रमुख आचार्यले जनाए । उनका अनुसार पोखरा महानगरपालिकाको समग्र विकासका लागि आफ्नो नेतृत्वमा नवीनतम प्रयासहरू समेत थालिएका छन् भने, उज्यालो पोखरा अभियानदेखि सेवा प्रवाहमा एकद्धार प्रणाली सञ्चालन गरिएको छ ।

जनगुनासो सुनुवाइका लागि हेल्लो मेयर कार्यक्रम समेत सञ्चालन गरिएको छ । महत्त्वपूर्ण स्थानका सार्वजनिक जग्गाहरूको विवाद समाधान तथा स्वामित्व फिर्ता, हजारौँको सङ्ख्यामा फलफूलका बिरुवाहरू रोपण, कृषि एम्बुलेन्स सञ्चालन, छात्रवृत्ति प्रदान तथा राहत/उपचार सहयोग तथा सिफारिस लगायत कामहरू यस अवधिमा सम्पन्न गरिएका छन् ।

साथै विभिन्न दातृ निकाय तथा विदेशका भगिनी सम्बन्ध कायम भएका सहरहरूसँगको साझेदारीमा दीर्घकालीन महत्त्वका योजनाहरूको सम्भाव्यता अध्ययन, डिपिआर निर्माण तथा निर्माण सम्झौता समेत गरिएका छन् ।

कार्यक्रममा उपमेयर मन्जुदेवी गुरुङले स्वागत तथा प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले सञ्चालन गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ