पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनमा विभिन्न पदमा निर्वाचन हुँदैछ । कार्यसमिति सदस्य कर्पोरेट तर्फ व्यवसायी रामप्रसाद कडेंल निर्विरोध चुनिएका छन् ।
विगत नौ वर्षदेखि विभिन्न व्यवसायमा संलग्न हुदैं आएका कडेंल आफ्नो व्यवसाय मार्फत हजारौं युवालाई रोजगारी दिदैं आएका छन् । कर्तव्यनिष्ठ र सृजनशील युवा कडेंलले आफ्नो व्यवसाय मार्फत पोखराका विभिन्न क्षेत्रहरुमा उत्कृष्ट सेवा प्रदान गर्दै आएका छन् ।
कडेंलको प्रमुख व्यवसाय अन्तर्गत चौतारी बुटिक होटल, इजि फ्यासिलिटिज प्रा.लि, इजि ट्रेडिङ्ग प्रा.लि तथा गोर्खाल्याण्ड सेक्युरिटी गुप्र रहेका छन् । पोखरा विश्वविद्यालयबाट स्नातकोत्तर योग्यता हासिल गरेका कडेंल विभिन्न संघ तथा संस्थामा आबद्ध रहेका छन् ।
हाल लायन्स क्लब अफ पोखरा गार्डेनका अध्यक्ष समेत रहेका कडेंल उठ युवा जाग अब (Come On Youth Stand Up, CYSU) अभियान, मातृभूमिका लागि नेपाली जस्ता सामाजिक अभियानमा समेत नेतृत्वकारी भूमिकामा रहेका छन् ।
उद्योग व्यवसायीहरुका हकहित, संघको विकास तथा समग्र पोखरेलीहरुको जीवन उकास्नको लागि सक्दो प्रयास गर्ने कडेंलले जनाएका छन् ।
कडेंलसँगै कर्पोरेट सदस्यमा बन्दना कार्की पनि निर्बिरोध भएकी छन् । उनले युनाईटेड मर्दि हाइड्रोपावर कम्पनीको तर्फबाट मनोयन दर्ता गराएकी थिइन् । अन्य पदाधिकारी तथा सदस्यहरुमा निर्वाचन हुनेछ ।
सम्बन्धित खबर
कोपिला नेपालमा नयाँ नेतृत्व
पोउवा संघ आर्थिक पत्रकारिता पुरस्कार बासुदेव मिश्रलाई
पृथ्वी पर्यटन पत्रकारिता पुरस्कार कृष्ण दवाडीलाई
गैरसरकारी संस्थाहरू पारदर्शी हुनुपर्छः जिसस कास्की प्रमुख पौडेल
पोखरामा बसका यात्रुमाथि अभद्र व्यवहार गर्ने २ युवक पक्राउ
गण्डकीका मन्त्रीहरुको सम्पत्ति कसको कति ?
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि