पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनमा विभिन्न पदमा निर्वाचन हुँदैछ । कार्यसमिति सदस्य कर्पोरेट तर्फ व्यवसायी रामप्रसाद कडेंल निर्विरोध चुनिएका छन् ।
विगत नौ वर्षदेखि विभिन्न व्यवसायमा संलग्न हुदैं आएका कडेंल आफ्नो व्यवसाय मार्फत हजारौं युवालाई रोजगारी दिदैं आएका छन् । कर्तव्यनिष्ठ र सृजनशील युवा कडेंलले आफ्नो व्यवसाय मार्फत पोखराका विभिन्न क्षेत्रहरुमा उत्कृष्ट सेवा प्रदान गर्दै आएका छन् ।
कडेंलको प्रमुख व्यवसाय अन्तर्गत चौतारी बुटिक होटल, इजि फ्यासिलिटिज प्रा.लि, इजि ट्रेडिङ्ग प्रा.लि तथा गोर्खाल्याण्ड सेक्युरिटी गुप्र रहेका छन् । पोखरा विश्वविद्यालयबाट स्नातकोत्तर योग्यता हासिल गरेका कडेंल विभिन्न संघ तथा संस्थामा आबद्ध रहेका छन् ।
हाल लायन्स क्लब अफ पोखरा गार्डेनका अध्यक्ष समेत रहेका कडेंल उठ युवा जाग अब (Come On Youth Stand Up, CYSU) अभियान, मातृभूमिका लागि नेपाली जस्ता सामाजिक अभियानमा समेत नेतृत्वकारी भूमिकामा रहेका छन् ।
उद्योग व्यवसायीहरुका हकहित, संघको विकास तथा समग्र पोखरेलीहरुको जीवन उकास्नको लागि सक्दो प्रयास गर्ने कडेंलले जनाएका छन् ।
कडेंलसँगै कर्पोरेट सदस्यमा बन्दना कार्की पनि निर्बिरोध भएकी छन् । उनले युनाईटेड मर्दि हाइड्रोपावर कम्पनीको तर्फबाट मनोयन दर्ता गराएकी थिइन् । अन्य पदाधिकारी तथा सदस्यहरुमा निर्वाचन हुनेछ ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो