पोखरा । आगामी मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनका लागि कास्कीमा एमालेले उम्मेदवार सिफारिस गरेकाे छ । प्रदेश सभातर्फ शनिबार उम्मेदवार सिफारिस गरेको एमालेले प्रतिनिधि सभातर्फ आइतबार सिफारिस गरेको हो । प्रतिनिधि सभातर्फ ३ सिट रहेको कास्कीमा एमालेबाट २८ जना सिफारिस भएका छन् ।
नेकपा एमालेको आइतबार भएको छुट्टाछट्टै प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीका बैठकले उम्मेदवारहरु जिल्ला कमिटीमा सिफारिस गरेको एमाले कास्कीमा सचिव बैनबहादुर अधिकारीले जानकारी दिए ।
कास्की १ मा पूर्वगृहमन्त्री खगराज अधिकारीसहित १५ जना सिफारिस भएका छन् । अधिकारी कास्की १ ‘क’बाट प्रदेश सभामा पनि सिफारिस भएका छन् । संघीय सांसद अधिकारी २०७४ को निर्वाचनमा कास्की १ बाट निर्वाचित भएका हुन् ।
अधिकारीसँगै दिलीप न्यौपाने, बैनबहादुर अधिकारी, कालिदास सुवेदी, झलक सुवेदी, पुष्पज्योति ढुंगाना, मनबहादुर गुरुङ, बालासिंह काउछा मगर, हिमालय बख्रेल, पदमप्रसाद पौडेल, मिलन सुवेदी, शंकरनाथ पौडेल, उमा सिंह, रामराज अधिकारी र पुष्प अधिकारीलाई एमाले क्षेत्रीय कमिटीले सिफारिस गरेको हो । मनबहादुर गुरुङ पनि खगराज जस्तै दोहोरो सिफारिस भएका छन् । कास्की १ खबाट प्रदेशसभाका लागि पनि उनी सिफारिस भएका छन् ।
एमालेबाट कास्की २ मा प्रतिनिधि सभा निर्वाचनका लागि सांसद विद्या भट्टराईसहित ४ जनाको नाम सिफारिस भएको छ । नेकपा एमाले कास्की २ क्षेत्रीय समन्वय कमिटीले भट्टराईसहित भूपेन्द्र गिरी, केशव आचार्य र प्रभा कोइरालाको नाम सिफारिस गरेको हो । उक्त क्षेत्रमा २०७४ को निर्वाचनमा एमालेका रवीन्द्र अधिकारी निर्वाचित भएका थिए । उनको निधनपछि भएको उपनिर्वाचनमा अधिकारीकी जीवनसाथी विद्या भट्टराई विजयी भएकी थिइन् ।
कास्की ३ मा प्रतिनिधि सभा निर्वाचनका लागि सांसद जगत विश्वकर्मासहित ९ जनाको नाम सिफारिस भएको छ । विश्वकर्मासहित देवीप्रसाद सुवेदी, गणेशमान गुरुङ, पुण्यप्रसाद पौडेल, जगन्नाथ बास्तोला, सुरेन्द्रमानसिंह भण्डारी, शिवकुमार पौडेल, विवेक त्रिपाठी र भरत पराजुलीको नाम सिफारिस भएको एमाले जिल्ला कमिटी कास्कीले जनाएको छ । विश्वकर्मा २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट विजयी हुँदै सांसद बनेका थिए । समानुपातिकतर्फ आकांक्षीको नाम संकलन भइरहेको जिल्ला कमिटी सचिव अधिकारीले जानकारी दिए ।
सम्बन्धित समाचारः
एमालेद्वारा कास्कीका प्रदेशसभाका छ वटै सिटमा उम्मेदवार सिफारिस, युवा नेतादेखि अधिकारीसम्म [नामावली]
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’