चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ६५ पुग्यो

चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ६५ पुग्यो

Earthquake

काठमाडौं । चीनको सिचुवान प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ६५ पुगेको छ।

अन्तराष्ट्रिय सञ्चार माध्यमहरुकाअनुसार उक्त भूकम्पमा परी करिब २५० जना घाइते भएको छ भने १२ जना सम्पर्कविहीन भएको छ।

सोमबार सिचुवान प्रान्तको राजधानी चेङ्दुमा ६.८ म्याग्निच्यूडको भूकम्प गएको थियो।

भूकम्पको इपिसेन्टर चेङ्दुबाट २२६ किलोमिटर दक्षिण पश्चिममा पर्ने पहाडी क्षेत्र लुडिङ भन्ने स्थानमा रहेको चीनको अर्थक्वेक नेटवर्कले जनाएको छ। भूकम्प पछिको परकम्प मंगलबार पनि महसुस भएको जनाइएको छ।

भूकम्पका कारण गान्जीमा ३७ जना र यान शहरमा २८ जनाको ज्यान गएको समाचारमा जनाइएको छ। भूकम्पका कारण वस्तीहरुमा सञ्चार सम्पर्क विच्छेद भएको छ भने पहाडी क्षेत्रमा पहिरो गएर सडक पनि अवरुद्ध भएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds