पाेखरा । विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य रजनी केसीले पार्टीबाट राजीनामा दिएकी छन् । विवेकशिल साझा पार्टीको केन्द्रीय सदस्यदेखि साधारण सदस्य समेत नरहने गरी साेमबार पार्टीबाट राजीनामा दिएकाे सामाजिक सञ्जालमार्फत् आज जानकारी गराएकी छन् ।
पछिल्लो समयहरुमा पार्टीमा देखिएका विविध विचलन लगायतका गतिविधिहरुबाट सो पार्टीमा रहन नसकिने निश्कर्षका पुगेर राजीनामा दिएको उनले बताएकी छन् ।
केसीले आगामी दिनहरूमा पनि राजनीतिक यात्रामा जोडिने बताइन् । उनले यसअघि उपनिर्वाचन २०७६ कास्की क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यको प्रतिस्पर्धी उमेदवार बनेकी थिइन् । काँग्रेस पार्टीमा लामाे समय याेगदान गरेकी रजनी रविन्द्र मिश्र नेतृत्वकाे विवेकशील साझा प्रवेश गरेकी थिइन् ।
उनले भनेकी छन्,बिगत ३ वर्ष देखि साझा पार्टी हुँदै विवेकशिल साझा पार्टीको केन्द्रीय सदस्यका रुपमा रहँदै गत उपनिर्वाचन २०७६ कास्की क्षेत्र नं।२ को प्रतिनिधि सभा सदस्यको प्रतिस्पर्धी उमेदवार भई पार्टीको नीति सिद्धान्त र चुनाव चिन्हलाई जनस्तर सम्ममा पुर्याउने तथा सङ्गठन विस्तारका कार्यहरुमा निरन्तर क्रियाशिल रहँदै आएकोमा हाल पछिल्ला समयहरुमा पार्टीमा देखिएका विविध विचलन लगाएतका गतिविधिहरुबाट सो पार्टीमा रहन नसकिने निश्कर्षका साथ विवेकशिल साझा पार्टीको केन्द्रीय सदस्य देखि साधारण सदस्य समेत नरहने गरी यही मिति २०७९ भाद्र २० गते देखि औपचारीक रुपमा राजीनामा दिएको ब्यहोरा जानकारी गराउंदछु ।’
सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन