महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २० वर्षीय युवक पक्राउ

महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २० वर्षीय युवक पक्राउ

rapedd

झापा। ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ छ।

जिल्लाको विर्तामोड नगरपालिका -२ बस्ने २० वर्षीय डम्बर तिम्सिनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार दमकतर्फ जाँदै गरेकी ती महिलालाई डम्बरले सोही ठाउँस्थित सिसौघारीमा लगेर सोमबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ