प्रतिभा माविले मनायो बाल दिवस

प्रतिभा माविले मनायो बाल दिवस

306572076_

पोखराको नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयले ५८ औँ अन्तर्राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।

कार्यक्रममा विद्यार्थीले आफ्ना विभिन्न रचना तथा नृत्यहरु प्रस्तुत गर्दै कार्यक्रमलाई रोमाञ्चक बनाएका थिए ।

यसैगरी, उक्त कार्यक्रममा विद्यालयको वार्षिक क्यालेन्डर अन्तर्गत अतिरिक्त क्रियाकलमामा रहेका विभिन्न विधाहरुका प्रथम, द्वितीय र तृतीय हुने छात्रछात्रलाई प्रमाण–पत्र तथा पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा शैक्षिक विधा अन्तरगत प्रथम त्रैमासिक परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो ।

विद्यालयका प्रिन्सिपल विश्वगोपाल पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारीले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds