पोखरा । पोखराको पर्यटकीय क्षेत्र महेन्द्र गुफामा गण्डकी प्रदेश सरकारको सहयोगमा वृहत विकास परियोजना शुरु भएको छ ।
सामुदायिक विद्यालयतर्फ नेपालकै पहिलो नमुना विद्यालय विन्ध्यवासिनी माध्यमिक विद्यालय, वाटुलेचौरको संरक्षण तथा व्यवस्थापनमा संचालित महेन्द्र गुफामा विद्यालयले तयार पारेको व्यवस्थित विकासको गुरुयोजना अनुरुप एक वर्षभित्र सक्ने गरी विभिन्न योजना समेटिएको परियोजना शुरु भएको हो । महेन्द्र गुफा परिसर सुधार तथा विभिन्न पुर्वाधारहरुको निर्माण कार्यको आइतवार एक कार्यक्रमका विच गण्डकी प्रदेशका भौतिक पुर्वाधार, शहरी विकास एवं यातायात व्यवस्था मन्त्री कुमार खड्काले शिलान्यास गरे । कार्यक्रममा बोल्दै मन्त्री खड्काले पोखराभित्र रहेका विभिन्न पर्यटकीय क्षेत्रलाई एक आपसमा जोड्ने गरी योजना बनाउनु पर्नेमा जोड दिए । पोखरा पर्यटनको राजधानी भएको बताउदै मन्त्री खड्काले पर्यटकीय क्षेत्रको सुधारवाट मात्रै आर्कषण बढाउन सकिने स्पष्ट पारे । उनले पोखरा १६ मा रहेका पर्यटकीय क्षेत्रलाई लक्षित गरी तीन पांग्रे सवारी चलाउने विषयमा छलफल भैरहेको समेत बताए ।
पुर्वाधार कार्यालयका प्रमुख ई डा. महेन्द्र बानियाँले परियोजनाको वारेमा जानकारी दिदै प्राकृतिक गुफाको अस्तित्वलाई बचाएर यसको सौन्दर्यकरण गर्नुपर्ने बताए । शहरी विकास तथा भवन कार्यालयका सिनीयर डि.ई सोभियत खड्काले परियोजना सम्पन्न भएपछि महेन्द्र गुफामा पर्यटकको थप आर्कषण बढ्ने विश्वास व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा कुमारी अधिकारी थापाले महेन्द्र गुफा र चमेरे गुफाको व्यवस्थित विकास गर्न विद्यालयले गुरुयोजना तथार पारेको र सो अनुरुप कार्य शुरु भएकोमा खुशी व्यक्त गरिन् । उनले निर्माणमा समन्वय गर्न आफुहरु तयार रहेको बताउदै, समयमै गुणस्तरीय कार्य सम्पन्न गर्न आग्रह गरिन्।
कार्यक्रममा ठेकेदार कम्पनी लुना विल्डर्सका ईन्जिनीयर व्रह्म कुमार श्रेष्ठ, महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिका संयोजक गुरुदत्त भट्टराई लगायतले बोलेका थिए । समितिका अध्यक्ष चन्द्रा कुमारी अधिकारी थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन विन्ध्यवासिनी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक राम ब. बानियाँले गरेका थिए ।
आगामी एक वर्षभित्र सम्पन्न हुने परियोजना अन्तर्गतजमिन सम्याउने, गन्र्धव संग्रालय, म्युजियम, एम्पिथियटर हल, एसेम्वली हल, मेज र गार्डने निर्माण हुने शहरी विकास तथा भवन कार्यालयले जनाएको छ । उक्त कार्यका लागी लुना विल्डर्स एण्ड कन्ट्याक्टर प्रा लिले ८ करोड ५६ लाखमा सम्झौंता गरी काम शुरु गरेको बताईएको छ ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह