पोखरा । अष्ट्रेलियामा मुख्य कार्यलय रहेको शैक्षिक परामर्श केन्द्र म्याक्सी म्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसको शाखा पोखरामा विस्तार भएको छ ।
पोखरामा आयोजित एक कार्यक्रममा शैक्षिक परामर्श केन्द्रको उद्घाट्न उनकै बुुवा साहित्यकार कवि विष्णुकुमार श्रेष्ठ अल्पविराम र आमा राजेश्वरी श्रेष्ठ ले म्याक्सी म्याक्स को लोगो अंकित व्यानर अनावरण तथा कवि तीर्थ श्रेष्ठले पानसमा बत्ती बालेर शुभारम्भ गरेका हुन्।
नेपाली संगीतमा ख्याती कमाएका पोखरेली ब्याण्ड कन्दराका गायक बिबेक श्रेष्ठको समेत लगानी रहेको म्याक्सी म्याक्सको पोखरा शाखा नेपालका लागि तेस्रो शाखा हो। यस अघि नेपालमा चितवनको पर्सा तथा काठमाडौंको कुमारीपाटीमा सञ्चालनमा आएको छ । यस बाहेक म्यानमार, लाओस, फिलिपिन्समा समेत यसको शाखा विस्तार गरिएको पोखराका निर्देशक श्रेष्ठले बताए । म्याक्सी म्याक्सले अष्ट्रेलिया लगायत अमेरिका, क्यानडा, युके, युरोपेली देशहरुका कलेज तथा युनिभर्सिटी अध्ययनका लागि परामर्श तथा सेवा प्रदान गर्दै आइरहेको छ ।
कार्यक्रममा विभिन्न कलेज तथा युनिभर्सिटीका प्रतिनिधीहरुले अष्ट्रेलियामा अन्र्तराष्ट्रिय विद्यार्थीहरुले पढ्न पाउने विषय र अवसर तथा त्यसका लागि चाहिने प्रकृयाका बारेमा अवगत गराएका थिए । पोखरा चिप्लेढुङ्गाको आयुष प्लाजामा अवस्थित शैक्षिक परामर्श केन्द्रले विद्यार्थीहरुका लागि कलेज, युनिभर्सिटी तथा विषय छान्न का लागि परामर्श र प्रकृयाका सहयोग गर्नेछ । यसका अलावा दक्ष जनशक्तीहरुलाई माइग्रेशन सम्बन्धी सेवा तथा भिजिट भिसामा जान चाहनेहरुका लागि पनि उचित परामर्श, डकुमेन्टेशन तथा प्रकृयाका लागि सेवा प्रदान गर्ने श्रेष्ठले बताए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह