भरतपुर । वर्डप्रेस नेपालको आयोजनामा चितवनको भरतपुरमा वर्डप्रेस सम्बन्धि दुई दिवसीय बृहत अन्तराष्ट्रिय सम्मेलन ‘वर्डक्याम्प नेपाल–२०२२’ हुने भएको छ।
आगामी कार्तिक १९ र २० (नोभेम्बर ५ र ६) गते हुने कार्यक्रम भरतपुर स्थित चितवन गार्डेन रिसोर्टमा हुने कार्यक्रमका मुख्य संयोजक सुभाष खड्काले जानकारी दिए।
उक्त दुई दिने कार्यक्रममा पहिलो दिन राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकहरुबाट सूचना र प्रविधिका विविध विषयहरुमा प्रशिक्षण तथा छलफल हुने बताइएको छ।
यस्तै, दोस्रो दिन अर्थात योगदान दिवसको दिन वर्डप्रेसका विभिन्न विधाहरुमध्ये भाषा अनुवाद, थिम समिक्षा, सहायता, डिजाइन, मार्केटिङ, डकुमेन्टसन आदि विषयमा प्रशिक्षण दिइने प्रशिक्षक छनौट समितिका संयोजक ई. निशाल गुरुङले जानकारी दिए। दोस्रो दिन प्रत्यक्ष रुपमा वर्डप्रेसलाई नै योगदान गरिने हुँदा उक्त दिन अझ महत्वपूर्ण रहने गुरुङले बताए।
कार्यक्रममा सहभागी हुनका लागि विद्यार्थी सहुलियत टिकटका लागि एक हजार रुपैया, प्रारम्भिक दर्ता गर्नेको लागि एक हजार दुई सय रुपैया र अन्य सहभागीहरुको लागि दुई हजार रुपैया शुल्क तोकिएको छ। सहुलियत र प्रारम्भिक टिकटको लागि निर्धारित समय भित्र नाम दर्ता गराउनु पर्ने अर्थ संयोजक शेर बहादुर अधिकारी जानकारी दिए। उक्त रकममा सहभागिका लागि निःशुल्क प्रशिक्षण सँगै कार्यक्रम अवधिभर नास्ता, खाना, खाजा र टि–सर्टको व्यवस्था गरिने जनाइएको छ। साथै सहभागिले खल्ति एपबाट नाम दर्ता गर्दा एक सय रुपैया नगद फिर्ता आउने समेत जानकारी दिए।
कार्यक्रम सम्पन्न गर्नका लागि ३८ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। एक हजार भन्दा बढीको सहभागिता रहने अनुमान गरिएको कार्यक्रम सम्पन्न गर्नका लागि झण्डै ४० लाख खर्च हुने अर्थ संयोजक अधिकारीले जानकारी दिए।
कार्यक्रमबाट वर्डप्रेसमा व्यवसायिक रुपमा काम गर्दै गरेका र काम गर्न इच्छुक व्यक्ति तथा कम्पनी, सूचनाप्रविधिमा भविष्य निर्माण गर्न खोजेका विद्यार्थी तथा वर्डप्रेससँग काम गरी ख्याति प्राप्त व्यक्तिहरुसँग प्रत्यक्ष भेटघाट गरी लाभ लिन सकिने आयोजक संस्थाले जनाएको छ।
स्मरण रहोस्, वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो। विश्वमा पहिलो पटक सन् २००६ जुलाई ९ मा वर्डक्याम्प भएको थियो। नेपालका सन्दर्भमा सन् २०१२ देखि सुरु गरी हरेक वर्ष आयोजना हुँदै आएको छ। नेपालको विभिन्न सहरहरु काठमाण्डौं, पोखरा, विराटनगर, वुटवल र चितवनमा विभिन्न वर्डक्याम्प सम्पन्न भइसकेका छन्। वर्डक्याम्प नेपाल बारे विस्तृत जानकारी तथा सहभागिताको लागि जततउकस्ररलभउब।िधयचमअबmउ।यचनरद्दण्द्दद्दर मा पनि हेर्न र नाम दर्ता गर्न सकिने आयोजक समितिका स्थानिय संयोजक विकास पुनले जानकारी दिए।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने