भारतबाट श्रीमान् आएकै दिन श्रीमतीको हत्या, छोरी घाइते

भारतबाट श्रीमान् आएकै दिन श्रीमतीको हत्या, छोरी घाइते

death body

धनगढी । कैलालीमा श्रीमतीको हत्या गरेर श्रीमान् फरार भएका छन्।

गौरीगंगा नगरपालिका–५ मा शेरबहादुर नामजाली मगरले अन्दाजी ३२ वर्षीया श्रीमती ललिता नामजाली मगरको हत्या गरेर फरार भएको प्रहरीले जनाएको छ।

ललिताकी १७ वर्षीय छोरीसमेत घाइते भएकी छन्। उनीमाथि पनि धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ। घाँटीमा चोट लागेकी उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

रोजगारीका सिलसिलामा भारतमा रहेका शेरबहादुर बुधबार मात्र घर फर्किएका थिए।

घटनापछि फरार भएका शेरबहादुरको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ