पोखरा । बैंक तथा वित्तीय संस्थाहरुले यही असोज १ गतेदेखि लागू हुने गरी गरेको ब्याजदर वृद्धिको निर्णय फिर्ता लिन होटल संघ पोखरा नेपालले माग गरेको छ ।
कोभिड १९ बाट थला परी भर्खर उठ्ने प्रयास गर्दै गरेको पर्यटन क्षेत्रका लागि ब्याजदर वृद्धिको निर्णय थप पीडादायी भएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जनाएका छन् । बैंक तथा वित्तीय संस्थाको उक्त कदमले निक्षेपमा ब्याज बढ्दा कर्जाको ब्याजदर पनि उच्च तहमा पुग्ने र व्यवसायमा जोखिम थपिने मात्र नभई बन्द नै हुने अवस्था सिर्जना हुने उल्लेख गरिएको छ । ब्याजदर वृद्धिले मुद्रास्फीतिमा समेत चाप पर्ने भन्दै संघले ब्याजदर वृद्धिविरुद्ध सरकार र नेपाल राष्ट्र बैंकले विशेष कदम चाल्नुपर्ने माग गरेको छ ।
ब्याजदर बढ्दा उत्पादन र सेवाको लागत बढ्ने मात्र नभई सर्वसाधरण समेत महंगीको मारमा पिल्सिने अवस्था सिर्जना हुने जनाउँदै संघले राहात खोजिरहेको पर्यटन क्षेत्रका लागि ब्याजदर वृद्धिले आहात थप्ने काम गरेको उल्लेख गरेको छ । ‘ब्याजदर वृद्धिले अर्थतन्त्रमा पनि असन्तुलन पैदा गर्ने छ,’ अध्यक्ष सुवेदीले भने– अहिलेको असहज अवस्थामा गरिएको ब्याजदर वृद्धिको निर्णय तत्काल स्थगित गर्न आग्रह गर्दछौं ।’
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
सहकारीले अब ऋण दिँदा १३ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने
Changan NEVO Q05 शुक्रबार पोखरामा सार्वजनिक हुँदै, Deepal Showroom बाट ४ दिनसम्म टेस्ट ड्राइभ गर्न पाइने
ग्लोबल आइएमई बैंकद्वारा बाढी प्रभावितको सहयोगार्थ ५ करोड रुपैयाँ सहयोग
स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन