घाँस काट्न गएकी महिला मृत फेला, हत्याको आशंका

घाँस काट्न गएकी महिला मृत फेला, हत्याको आशंका

mahila hatya

महोत्तरी । महोत्तरीमा घाँस काट्न गएकी एक महिला मृत अवस्थामा फेला परेकी छन्।

मट्टिहानी–१ सानो धिरापुर निवासी मोहम्मद असरारुल अंसारी कि अन्दाजी ४० वर्षीया श्रीमती अमना खातुन मृत अवस्थामा फेला परेकी हुन्।

शुक्रबार बिहान घाँस काट्न जङ्गल गएकी अमिनाको शव राति घरबाट झन्डै एक किलोमिटर दूरीमा रहेको खोईर भन्ने स्थानको बाँसघारीमा फेला परेको प्रहरीले जनाएको छ ।

महिलाको शरिरभरी चोट र रक्ताम्य देखिएको हुँदा हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

घटनाको विषयमा गम्भीर ढङ्गले अनुसन्धान अगाडि बढाइएको र राति शव भेटिएकोले पोस्टमार्टमको लागि बिहान मात्र पठाइको महोत्तरीका एसपी कृष्ण पंगेनीले बताए। मृतकको श्रीमान् र एक छोरा वैदेशिक रोजगारीमा छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ