पोखरा । शताब्दीभन्दा पहिलेदेखि नै पोखरा टुँडिखेलमा हुँदै आएको ऐतिहासिक दसैं मेला यसपटक पनि हुने भएको छ । परम्परागत सामाग्री, रासन, लत्ताकपडादेखि च्यांग्रासम्म एकै थलोमा किनबेच गर्न पाउने गरी फूलपातीदेखि दसैंको भोलिपल्टसम्म टुँडिखेलमा दसैं मेला हुन लागेको हो ।
‘मुस्ताङदेखि च्यांग्राहरु टुँडिखेल आइपुग्थे । पोखरा र आसपासका बस्तीहरुबाट परम्परागत सामाग्री र उत्पादन लिएर त्यहीँ पुग्थे । पोखराका व्यवसायीहरुले रासनदेखि लत्ता कपडासम्म बिक्रीका लागि लैजान्थे । त्यहीँबाट आवश्यकताको पूर्ती र आर्थिक बिनिमय हुन्थ्यो । अनि बल्ल पोखरामा दसैं भित्रिन्थ्यो ।’
राष्ट्रिय उच्च माविका प्राधानाध्यापक कृष्णलाल बास्तोला ‘उदासी’ पोखरा टुँडिखेलमा हुने ऐतिहासिक मेलाको यसरी स्मरण गर्छन् । पोखरामा दसैंको रौनक भित्राउने ऐतिहासिक टुँडिखेल मेला कहिलेदेखि सुरु भयो, ठ्याक्कै एकीन छैन । तर, शताब्दीअघि नै स्वतस्फूर्त रुपमा यो मेला हुँदै आएको स्थानीयहरु बताउँछन् ।
‘यो स्कुल २००६ मा खुलेको हो । तर, त्योभन्दा पनि यहाँ मेला लाग्थ्यो । ठ्याक्कै कहिलेदेखि भन्ने अभिलेख भेटिँदैन,’ व्यवस्थापन समितिका अध्यक्ष मोहन दवाडी बताउँछन् ।
स्थानीयको आवश्यकता र आर्थिक बिनिमय तथा किनमेलको ऐतिहासिक टुँडिखेल मेला यसपटक पनि हुने भएको छ । राष्ट्रिय उच्च मावि पोखराको व्यवस्थापनमा फूलपातीदेखि दसैंको भोलिपल्टसम्म यो मेला सञ्चालन हुने उनले बताए ।
पहिले स्वतस्फूत रुपमा हुने यो ऐतिहासिक मेला २०७५ सालदेखि विद्यालयले व्यवस्थापन गर्न थालेको हो । त्यसअघि मेलामा हानाधान तथा गुण्डागर्दीसमेत भएर बद्नाम हुन थालेपछि व्यवस्थापनका लागि विद्यालयले नेतृत्व लिन थालेको प्रधानाध्यापक उदासीले बताए ।
‘पहिले धेरै त यहाँकै स्थानीयले भेडाच्यांग्रा लिएर बिक्रिवितरण गर्थे । अन्त पाइँदैन थियो । च्यांग्राका लागि टुँडिखेल नै पुग्नुपर्छ भन्ने थियो । यो प्राचिन हाट बजार थियो,’ प्रधानाध्यापक उदासी भन्छन्, ‘पछि टेन्डर हुन थालेपछि विकृति भित्रियो । काटमार हुन थाल्यो । मेलाको मौलिकता नै हरायो ।’
टुँडिखेल छाडेर हेमजा फाँट उक्लिन थालेका भेडाच्यांग्राको रौनक फेरि फर्काउने लक्ष्यसहित विद्यालय व्यवस्थापन समितिले दसैंको छेकोमा यसपल्ट पनि मेला आयोजना गर्दैछ । मेलामा भेडाच्यांग्रालाई व्यवस्थित गर्न गोठ पनि निर्माण गरिँदैछ । विद्यालय व्यवस्थापन समितिका सदस्य तथा मूल आयोजक समितिका संयोजक बलराम अधिकारीका अनुसार अहिले कम्तिमा १० वटा गोठ निर्माण हुनेछ भने १ सय ५० वटासम्म स्टलहरु हुने छ । ‘आवश्यकताअनुसार गोठ थपघट हुन पनि सक्छ,’ उनले भने ।
टुँडिखेलबाट दसैंका लागि आएका भेडाच्यांग्रा विस्थापन हुनुको अर्को कारण चरण क्षेत्रको अभाव रहेको पनि अधिकारीको भनाइ छ । ‘वरिपरिका सबै चरण क्षेत्र घडेरीले प्याक भइसके । चरण क्षेत्र नै नभएपछि भेडाच्यांग्रा ल्याउने क्रम पनि विस्तारै टुट्नेक्रम बढेको हो,’ उनले भने । अहिले पोखराकै वडा नं. २५ हेम्जामा भेडाच्यांग्रा राखिने गरिन्छ ।
विद्यालयका अनुसार दसैंको फूलपातीदेखि लाग्ने दसंैं मेलामा भेडाच्यांग्राको गोठ व्यवस्थापनका लागि व्यापारीसँग निश्चित रकम लिए पनि हस्तकलाका लागि भने शुल्क लिइने छैन ।
सम्बन्धित खबर
फोहोरबाट मोहर कमाउँदै भीरकोट
स्याङ्जाको रोयल सहकारीको ३४ लाख नाफा, आगामी वर्ष डेढ करोड मुनाफाको लक्ष्य
पोखरामा खुल्यो बिवाईडीको नयाँ शोरूम, एसयूभी सिलायन-७ लञ्च
सफलको ‘कुजिन लाइन’, स्वाद, स्वास्थ्य र सरलतासँगै नयाँ अनुभव
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
स्याङ्जा प्रशासनको प्रभावशाली राजस्व सङ्कलन: राहदानीबाट मात्रै सात करोडभन्दा बढी
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’