पोखरा। रेन्बो चिल्ड्रेन होम नेपाल बालगृहको आज १४ औ साधारण सभा तथा छैटौँ अधिवेशन सम्पन्न भएको छ । बालगृहका अध्यक्ष कमला ढकालको अध्यक्षतामा भएको कार्यक्रममा एसइईमा उत्तीर्ण हुन सफल भएका बालगृहका बालबालिकाहरूलाई फूल गुच्छा तथा खादा लगाइदिएर सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बाल अधिकार परिषद् गण्डकी प्रदेश समन्वय अधिकृत बद्री प्रसाद वाग्लेले पोखरामा कूल ६० वटा बालगृह रहेकोमा हाल घटेर २९ वटा मात्र रहेको र ती सबैमा हाल ६२४ जना असहाय उत्पीडित बालबालिकाहरू रहेको बताए ।
विशेष अतिथि पोखरा महानगरपालिका वडा नं – ६ का सदस्य वासुदेव बराल रहेको उक्त कार्यक्रममा टानका कृष्ण आचार्य, पूर्व पर्यटन सदस्य अग्नी कँडेल, अन्नपूर्ण आमा समूहकी अध्यक्ष रेणु लामिछाने, बालगृह सञ्जालका मोहन त्रिपाठी लगायतले स्वागत मन्तव्य राखेका थिए।
त्यस्तै, बालगृहबाट अध्ययन गरी पुनः बालगृहका बालबालिकाहरूलाई अध्ययनमा सहयोग गर्ने सुदिप गौतम, सन्देश ढकाललाई दोसल्ला तथा कदर पत्रले सम्मान गरिएको थियो ।
संस्थामा एक दशकदेखि अनवरत रूपमा कार्य गर्दै आएकी कर्मचारी भिमारत्न पौडेललाई दोसल्ला तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो भने छैटौँ अधिवेशनमा सर्वसम्मत रूपमा कमला ढकालको अध्यक्षतामा ९ सदस्यसिय नयाँ कार्य समितिको चयन गरिएको थियो ।
कार्यक्रममा बालगृह सञ्चालक गोमा ढकालले बालगृह बारे संक्षिप्त जानकारी दिएकी थिइन् भने संस्थाका सचिव विशाल लामिछानेले कार्यक्रम सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह