पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशले यही मंसीर ४ गते हुन गइरहेको निर्वाचनलाई लक्षित गरि विभिन्न निर्णय गरेको छ।
प्रदेशको आज बसेको पदाधिकारी बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवारहरु र नेपाली कांग्रेसलाई विजयी गराउनको लागी नेपाली कांग्रेसका गण्डकी प्रदेश, जिल्ला तथा स्थानीय तहमा रहेको संस्थाहरु र भातृसंगठन तथा शुभेच्छुक संस्थाले खेल्नुपर्ने भुमिकाका विषयमा नेपाली कांग्रेस गण्डकी प्रदेशको कार्यालयमा भएको कार्यसमितिको वैठकमा छलफल तथा विविध निर्णय गरेको हो।
गण्डकी प्रदेशलाई समृद्धि प्रदेश निर्माण गर्ने उद्देश्य पुरा गर्न र निर्वाचन गतिविधिहरुलाई प्रभावकारी बनाउन आर्थिक परिचालन समिति संयोजकमा नेपाली कांग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष बसन्त कुमार श्रेष्ठ, घोषणा पत्र तयारीमा महामन्त्रीद्वय विष्णुप्रसाद लामिछाने र प्रचार–प्रसार समितिमा किरणबावु श्रेष्ठलाई संयोजक तोकिएको प्रवक्ता माधव प्रसाद बास्तोला (मधु)ले जानकारी गराए।
साथै, विपी स्मृति पुस्तकालय संचालन समितिको संयोजकमा प्रा.डा.कुशुमाकर न्यौपाने र अक्षयकोष तथा पुरस्कार व्यवस्थापनको संयोजकत्वमा प्रवक्ता माधव प्रसाद बास्तोला (मधु)लाई तोक्ने निर्णय गरिएको छ।
त्यसैगरी नेपाली कांग्रेस गण्डकी प्रदेश द्वारा तयार गरिने घोषणापत्रमा गण्डकी प्रदेश मातहतका जिल्लाहरुवासीको जिवन स्तर परिवर्तनका लागि समस्या र समाधान समेटी सम्बोधन गरिनुपर्ने विषयवस्तुका बारेमा जिल्ला कार्यसमितिहरुसँग राय सुझाव माग गर्ने समेत निर्णय गरेको छ।
यसैगरि बैठकले नेपाली कांग्रेस गण्डकी प्रदेश समितीले जनतालाई अप्ठ्यारो पर्ने गरि ल्याएको करमा पुनर्वलोकन गर्न गरेको निर्देशनलाई गण्डकी प्रदेश सरकारले सम्बोधन गरेकोमा धन्यबाद व्यक्त गरेको छ।
गण्डकी प्रदेश सरकारले जनभावनामा असर पार्ने गरि कर बढाएपछि नेपाली कांग्रेस गण्डकी प्रदेशले तत्कालै विज्ञप्ती जारी गरि प्रदेशका मुख्यमन्त्रीलाई विज्ञप्ती बुझाएको थियो र प्रदेश सभापति शुक्रराज शर्माले जनताको ढाड सेक्नेगरी कर बढाएकोमा आपत्ति व्यक्त गर्दै तुरुन्त समाधान गर्न अनुरोध गरेका थिए।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह