काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको छ।
नाबालिग किशोरी बलात्कारको आरोपमा सम्पर्कविहीन रहेका सन्दीपविरुद्ध नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले उनलाई फरार सूचीमा राख्दै डिफ्युजन नोटिस जारी गरेको हो।
नोटिस जारी भएसँगै लामिछाने इन्टरपोलमा आवद्ध रहेका १३५ राष्ट्रका प्रहरीको फरार सूचीमा परेका छन् । यी देशमा लामिछाने भेटिए सम्बन्धित देशका प्रहरीले उनलाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाउन सक्छन्।
गएको भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा लामिछानेविरुद्ध भदौ २२ गते गौशाला प्रहरीमा जाहेरी परेको थियो।
उजुरी पर्दा लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए। त्यसपछि उनी फरार छन्।
उनले हिजो आइतबारमात्रै फेसबुकमा स्ट्याटस लेखेर आफू निर्दोष भएको र आफूलाई अपराधीको व्यवहार हुँदा मानसिक तनावको सिकार भएको लेखेका थिए।
सम्बन्धित खबर
पूर्वसशस्त्र प्रहरी जवान मृत फेला, हत्या आशङ्कामा दुई जना भारतीय पक्राउ
अशक्त २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ
ब्रेकिङ: पोखराको चाउथेबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई पक्राउ
देउता चढेको भन्दै खुकुरी प्रहार गर्दा १ जनाको मृत्यु, २ गम्भीर घाइते
६० वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या
पोखरामा बसका यात्रुमाथि अभद्र व्यवहार गर्ने २ युवक पक्राउ
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि