पाेखरा । पाेखरा महानगरपालिका उपभोक्ता हित संरक्षण समितिकाे नेतृत्वमा आज भेडा च्याङ्गाकाे अनुगमन गरिएको छ ।
पाेखराकाे याम्दिमा बेच्न का लागि मुस्ताङ, बाजुरा, बझाङ, दार्चुला, डाेल्पाबाट ल्याइएका भेडा र च्याङ्गा खानका लागि स्वस्थ र याेग्य भए नभएकाे जाँच गरिएको पाेखरा महानगरका उपभोक्ता हित संरक्षण समितिका सदस्यसचिव भरतराज पाैडेलले जानकारी दिए ।
अनुगमनमा अस्वस्थ देखिएका भेडा, च्याङ्गा बिक्री नगर्न ब्यवसायिलाई जानकारी गराइएकाे महानगर पशु शाखा प्रमुख नवराज अधिकारले बताए । उनले १५ वटा भेडा, च्याङ्गाकाे स्याम्पल लिइएकाे र त्यसबाट स्वस्थ पाइएकाे र खान याेग्य रहेकाे पाइएकाे बताए ।
उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ काेइरालाले भेडा च्याङ्गकाे मूल्य निर्धारण गर्नसके उपभोक्ता महंगो नपर्ने सुझाव दिए । उनले उपभोक्ताले खरिद गर्दा स्वस्थ छ कि छैन भन्ने ख्याल गरेर किन्नुपर्ने सुझाव दिए । उनले मूल्य निर्धारण बैज्ञानिक नभएकाे बताउदै आगामी वर्षदेखि बैज्ञानिक मुल्य निर्धारणमा ध्यान दिन अनुराेध गरे ।
पाेखरा महानगरकाे उपभोक्ता हित संरक्षण समितिका संयाेजक एंव पाेखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङकाे नेतृत्वमा एक साता अघिदेखि अनुगमन सुरु गरिएको थियाे ।
पाेखराका मासु पसल र खाद्य पसलहरुमा अनुगमन सुरु गरिएकाे थियोे । अनुगमनका मुल्यसुचि नराखेकाे, ब्यवसाय दर्ता नचएकाे, दर्ता भएका पसलकाे नविकरण नभएकाे र किलाकाटा दर्ता नभएका तथा सरसफाइमा ध्यान नदिएकाे पाइएकाे कास्कीका सहायक प्रमुख जिल्ला अधिकार गुरुदत्त ढकालले बताए ।
एक सातामा २० ब्यवसायिलाई ५ हजारदेखि १० हजारसम्म जरिवाना गरिएकाे उनले बताए।
पाेखरा महानगरलाई अनुगमन गर्ने अधिकार भएपनि जरिवाना गर्न पाउने व्यवस्था नभएकाले जिल्ला प्रशासन कार्यालय मार्फत जरिवाना गरिएको हाे ।
अनुगमनमा पाेखरा महानगर, जिल्ला प्रशासन कार्यालय, खाद्य गुणस्तर तथा नापतौल, उपभोक्ता मञ्च, पत्रकार लगायतकाे सहभागीता रहेकाे थियाे ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’