पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पर्वसँग जोडिएका मूल्य, मान्यता एवं संस्कारहरुले मुलुकलाई समृद्धिको शिखरमा पु¥याउन सहयोग गर्ने बताएका छन् ।
विजयदशमी २०७९ का अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले विविधताबीचको एकतालाई थप मजबुत बनाउन दसैं र यस्ता पर्वहरुले अभूतपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरेका हुन् ।
उनले भनेका छन्, हाम्रो देश नेपाल बहुसांस्कृतिक, बहुजातीय, बहुभाषिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण छ । विविधताबीचको एकता नै हामी नेपालीको विशेषता हो ।
मुलुकभित्र प्रचलित संस्कृति, परम्परा एवं सभ्यताको जगेर्ना गर्नु हामी नेपालीको साझा दायित्व रहेको उनले उल्लेख गरेका छन् । सञ्चार, प्रविधि र यातायात सेवाका कारण पर्व मनाउने शैली फेरिएको भन्दै उनले हाम्रा मौलिक पर्वसँग गाँसिएका वैज्ञानिक एवं मानवीय जीवनसँग जोडिएका सकारात्मक पक्षका बारेमा वर्तमान पुस्तालाई बुझाउन जरुरी रहेको बताएका छन् ।
स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरुमा विजयादशमी २०७९ का अवसरमा सुस्वास्थ्य, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै उनले यस पर्वलाई आपसी सद्भाव, भाइचारा र मित्रवत् सम्बन्ध विकास गर्ने अवसर प्रदान गर्ने पर्वका रुपमा मनाउन प्रदेशवासी, सम्पूर्ण नेपालीमा हार्दिक अनुरोध गरेका छन् । महामारीका रुपमा फैलिएको डेंगीबाट जोगिन आवश्यक मापदण्ड पूर्णरुपमा अवलम्बन गरी पर्वको खुसियाली साट्न उनले हार्दिक अपिल गरेका छन् ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’