माओवादी अध्यक्ष प्रचण्डले गोरखा क्षेत्र नं -२ बाट उम्मेद्वारी दिने

माओवादी अध्यक्ष प्रचण्डले गोरखा क्षेत्र नं -२ बाट उम्मेद्वारी दिने

Prachanda aa

काठमाण्डौ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नं २ बाट उम्मेदवार बन्ने भएका छन् । माओवादीको शुक्रवार बेलुकी बसेको पदाधिकारी बैठकले अध्यक्ष दाहाल गोरखा क्षेत्र नं २ बाट चुनावमा उठ्ने निर्णय गरेको हो।

गोरखा क्षेत्र नं २ को प्रदेश सभातर्फ माओवादी र नेपाली कांग्रेसको उम्मेदवार बन्ने बताइएको छ । गोरखा क्षेत्र नं २ मा २०६४ र २०७० सालको संविधान सभा चुनावमा माओवादी केन्द्र विजयी भएको थियो । विसं २०६४ मा माओवादी नेता डा. बाबुराम भट्टराई विजयी भएका थिए । भने, २०७० सालमा पनि माओवादी केन्द्रका नेता हितराज पाण्डे विजयी भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ