वरिष्ठ कलाकार हरिवंश आचार्यले आगामी निर्वाचनमा कुनैपनि उम्मेदवारको चुनाव प्रचार नगर्ने स्पष्ट गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आचार्यले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा आफूहरूमार्फत् प्रचारको आशा नगर्न सबै उम्मेदवारलाई अनुरोध गरेका हुन् ।
आचार्यले निर्वाचनमा कतिपय आत्मीय व्यक्तिहरु पनि उम्मेदवार बनेको र आफुहरुसँग प्रचारको आशा राख्नु स्वाभाविक भएको भन्दै आफ्नो आत्मियतालाई पवित्र नै राखेर आफूहरुबाट चुनाव प्रचारको अपेक्षा नगर्न अनुरोध गरेका छन् ।
उनले भनेका छन्-
कतिले बिर्सनै नसकिने गुन लगाएका हुन्छन् ।
कति सङ्ग गहिरो मित्रता हुन्छ ।
कति संग नाता गासिएको हुन्छ ।
देशमा जब निर्बाचन नजिकिन्छ । त्यसबखत ति मित्रता , ति नाता र आत्मिय सम्बन्ध गासिएका ब्यक्तिहरु निर्बाचनमा उमेद्वार बन्दछन् । त्यसबखत हामी सङ्ग केही आशा राख्नु स्बभाबिक हो ।मलाई चुनाबमा मद्दत गरिदेला ,मेरो पक्षमा भोट मागी देला भनेर ।
तर हामी सबै राजनितिक दल ,सबै उमेद्वारका साझा मानिस हौ ।ब्यालेटबक्समा खसाल्ने मतपत्र को कुन चिन्न रोज्ने भन्ने कुरा स्वविवेक हो ।
तर कसैको पक्षमा भोट माग्न, कसैको प्रचारक हुन सकिदैन यो हाम्रो बाध्यता हो। त्यसैले मित्रता,आत्मियता ,नाता लाई पबित्र नै राखि चुनाबमा हामी बाट प्रचार प्रसारको आशा नगरिदिन अनुरोध गर्दछु ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु