पोखरा । नेकपा एमाले केन्द्रीय सदस्य एवम् कास्की निर्वाचन क्षेत्र नंं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराईले अग्रजले देखेका सपना पुरा गर्न सके मात्र उहाँहरुप्रति सच्चा सम्मान हुने बताएकी छन्।
नेकपा एमाले पोखरा १७ द्धारा मुस्ताङचोकमा आज आयोजित प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वर्गीय चित्र बहादुर गुरुङको ३२ औं स्मृति सभामा बोल्दै उनले मुलुकको प्रत्येक परिवर्तनमा अग्रजको अतुलनिय योगदान रहेको स्पष्ट पारिन्।
मुलुकको प्रजातान्त्रिक आन्दोलनसँगै नेपालमा कम्युनिष्ट पार्टीको स्थापनामा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने गुरुङले राष्ट्र निर्माण देखाएको सपना पुरा गर्न सबै एकतावद्ध भएर लाग्नुको विकल्प नभएकोमा उनको जोड थियो।
नेकपा एमाले केन्द्रीय सदस्य तथा निर्वाचन क्षेत्र २ (क) का प्रदेश सभा सदस्यका उम्मेदवार भिम कार्कीले पार्टी नीति, विचार र सिद्धान्तका आधारमा सञ्चालन हुने विश्वास व्यक्त गरे।

अधिवक्ता तिलक पराजुलीले स्व. चित्रबहादुर गुरुङ मुलुकमा परिवर्तनका लागि रोजगारी सिर्जना गर्दै विकास निर्माणमा जुट्न प्रेरित गर्ने अभियान्ता भएको स्मरण गरे।
त्यसअघि पार्टीका नेता तथा कार्यकर्ता, जनप्रतिनिधि, नेकपा एमालको तर्पmबाट प्रदेश सभा निर्वाचन क्षेत्र २ (ख) का उम्मेदवार मिना गुरुङ, गठवन्धनका निर्वाचन क्षेत्र नं. २ (क) का उम्मेदवार विश्वप्रकाश लामिछाने, स्व.गुरुङका परिवारजन, लगायत उपस्थित सर्वसाधारणले गुरुङको अर्धकदको शालिकमा माल्यार्पण गर्दै श्रद्धासुमन अर्पण गरेका थिए।
पार्टी वडा कमिटि १७ अध्यक्ष ऋषव तिमिलाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव विक्रम गुरुङ लगायतले स्व. गुरुङले राजनैतिक एवम् विकास निर्माण पु¥याउनु भएको योगदानका बारेमा चर्चा गरेका थिए।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ