सन्दीपलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

सन्दीपलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

Sandeep 000

काठमाडौं । नाबालिक बलात्कार आरोपमा हाल हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ।

यसअघि जिल्ला अदालतले २० गतेदेखि गणना हुने गरी ७ दिनका लागि म्याद थप गरेको थियो। सन्दीपमाथि अनुसन्धान चलिरहेको भन्दै प्रहरीले आज फेरि म्याद थपका लागि अनुमति मागेको हो।

गएको २० गते पक्राउ परेका लामिछानेलाई प्रहरीले २४ गते अदालतमा उपस्थित गराएको थियो। सन्दीपमाथि १७ वर्षकी किशोरीले बलात्कार आरोप लगाएकी छन्। किशोरीले गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds